रबिन्द्र बराल-रंगेली,माेरङ भाद्र ४ गते । रातो तारा डट कम,
माेरङकाे रतुवामाई नगरपालिका ५ स्थिति लारीकट्टाका अतिविपन्न घर परिवारहरु अहिले सडकमै बस्नु पर्ने बाध्य रहेका छन ।
श्रावण २८ गते अाएकाे अविरल बर्षाका कारण रतुवाखाेलामा अाएकाे बाढीले खाेलामा रहेको बान्ध भत्केर गाउँ पसेपछि त्यस भेगका २ सय घर परिवार हरु डुवानमा परेका थिए ।
केहि घरपरिवारहरु अहिले पनि त्रिपालकाे सहारामा सडक छेउमा बसिरहेका छन ।
नगरपालिकाले एउटा त्रिपाल र १ केजी भुजा,च्याउ च्याउ, र पानी मात्रै अहिलेसम्म राहत स्वरुप दिएर पाईएकाे ७५ बर्षिय बृद्ध ढक्की देवी ताजपुरीले भनिन् ।
उनी भन्छिन् नगरपालिकाले बितरण गरेको त्रिपालमा अाफुहरु अहिले दिन बिताउने गरेका छाै । घर भित्र अहिले पनि हिलाम्मे छ कसरी भित्र बस्नु भित्र पस्ने साथ खुट्टा भासिन्छ कसरी घरमा बस्नु चारै तिरकाे टाटी पानीले माटाे जति बगायाे अब टाटी मात्रै छ, कसरी सुरक्षीत भएर बस्नु ।
खाना पकाउने चुलाे छैन दाउरा जति पानीले बगाएर लग्यो , घरमा अार्थिक स्राेत छैन , कसरी बाँच्ने हाे काेनी बृद्ध बताउछिन् । त्यसतै अर्का बिजय यादव भन्छन घरकाे सबै सामान लत्ताकपडा ,धान,गहुँ ,पैसा पानी ले बगाएर लगिहाल्याे अब कसरी घर बनाउनु ।
अहिले जनहरुपनि पाउन मुस्किल छ । घर छाउने पराल पनि छैन,अब ४ महिना जति सडकमै बाँस हुनेभयाे । धना काटन ४ महिन लाग्छ त्यस पछि मात्रै घर बनाउने उनी बताउँछन ।
बाडि अाएकाे दिन देखि प्रथमिक बिधालय लारीकट्टामा सबै परिवार बस्दै अाएका थियाे ।३ गते बिधालय का प्रध्यापक अाएर भने तपाई हरु ४ गते देखि बिधालय खालि गर्दिनु हाेला अब हामी बिधालय सन्चालन गर्छाे भने पछि बिधालय बाट सडक छेउमा त्रिपाल लगाएर त्यहि बस्ने यादवले बताए ।
अहिलेसम्म कुनै पनि सामाजिक संस्था हरु यहाँ अाएर राहत बितरण नगरेको स्थानीय बासिकाे गुनासाे रहेको छ, यि अबाेध बालक ले कस्काेपाे के बिगारेका छन त ? नत उनकाे शरिरमा एक फन्काे लुगा छ । नत सुत्नकाे लागि अाेछ्यन नै छ ।
याे तस्बिर अाफै बाेल्छ ।

Post a Comment