Websoft University

छाडा सुगुरले रासस अगाडिको बाटो र नाला भत्काईसक्यो

बिराटनगर,भाद्र ५ गते । रातो तारा डट कम,महानगरपालिका बिराटनगर ११ को रासस अगाडी तिरको नाला र बाटो छाडा सुगुरले भत्काइसक्न लागेकोछ । जनपथको कान्छादाइ मार्गमा अलि बढीनै राजनीति भएर होला वडाले नाला सफाई गर्दा जुन नालाबाट पानी निकास गर्नु पर्ने हो त्यो चै साफ नगरिदा नालामा बग्ने पानी बाटो बाटै बगेको थियो ।

(यहाँ हेर्नुस् त पुरै नाला पुरिएको छ, बाटो पनि छाडा सुगुरले भत्काएकोछ)

कान्छा दाई मार्गको पुर्वपट्टीको नालामा केहि दिन बिराएर घर घर को ट्वाइलेट सिधै बगाउने गरिएकोछ । यहाका पीडित मानिसहरुले पटक पटक महानगरमा कुरा पनि राखि सकेका छन, तर सुनुवाई भएन ।

यही बिषयलाई लिएर धारणा बुइान मेयर भीम पराजुलीलाई,टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन,  ।

महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइराला संग छाडा सुगुर चौपाय नियान्त्रणको बारेमा जानकारी माग्दा वहाँ भन्नु हुन्छ  हामीले नगरमा सफाइ गर्नेहरुलाई सम्जाई सकेका छौ माइकिङ्ग बारम बार गरेकाछौ, त्यस पछि पनि भएन भने नगर सुरक्षा लगाएर नियान्त्रण गरिने जानकारी गराउनु भयो ।

महानगरका प्रशासन प्रमुख नन्दिकेसर भण्डारी संग पनि छाडा सुगुर- चौपायले गर्दा नगरमा जटिल समस्या भएर आएकोछ। यो समस्यको समधानको बारेमा रातो ताराले प्रश्नगरेका थियो - जबाफ दिदैआफनो कुरा राख्दै नन्दिकेसर भण्डारीले भन्नु भयो -नगरले सफाइमा खटाएका डुम कर्मचारीहरुलाई सुगुर नछाडन भनेका छौ र नगर भरी सबैकालागि सुचना, माइकिङ्ग, गरिराखेकाले सुनेन र सुगुर चौपाय कुकुर छाडा बनाए भने नगर सुरक्षा लगाएर पुरै नियान्त्रण गरिनेछ बुइिाहाल्नु भो नि भन्नु भयो ।

त्यसैगरी वडा नं ११ का वडा अध्यक्ष तिथेन्द्र न्यौपाने संग सम्पर्क राखेर रातो ताराले राखेका प्रश्नहरुको जवाफ दिदै न्यौपानेले भन्नु भयो म निर्वाचित भए र आए पछि वडाको गतिबिधि हेरे यो ११ नम्वर वडा भनेको छाडा सुगुर पाल्ने वडानै हो कि जस्तो भएकोछ । जनतालाई सहरी सुबिधा अनुसारको कर महानगरले लिने अनि छाडा सुगुर छाडा चौपाय छोडन दिएर आम वडावासीलाई सास्ती दिन मिल्दैन यो बारेमा डुमटोलि भित्रै गएर समजाई सकेको छु जे गर्नु होस मार्नु होस हाम्रो होइन भनेकाछन ।

यही बिषयमा महानगरको बोर्डमा कुरा लगिसकेको छु यो सधै भरी छाडा सुगुर वडाभरी छाडन दिए दुर्गन्द फैलान दिनु हुन्न भन्नु भयो ।

वडा अध्यक्ष तिथेन्द्र न्यौपानेले आफना कुरा राख्दै भन्नु भयो बिच बजारमा डुम टोलि राख्न मिल्छ कि मिल्दैन तपाईहरुले पनि महानगरलाई अव राय सुजाव दिनु पर्छ भन्नु भयो ।

अहिले बल्लतल सडक बती बल्न सकिएको यहाँ बाढी पीडितको राहत बितरण वडावासी जनताको स्वास्थ्य परिक्षण भइरहेकोछ र सरसफाइ खानेपानीको अवस्थामा सुधार गर्न बाकीनैरहेकाले काम भइरहेको बताउनु भयो ।

महानगरले महानगरको सफाईको काम गर्ने मरिकहरुलाई स्थान परिर्वतन गर्न पहिला पनि काम भएको र अव त्यो कामलाई अगाडि बढाएर स्थाननै परिर्वतन गराउदा राम्रो हुन्छ भन्नु भयो । पुरानो डुम टोलिमा नेपाली डुम हरुमात्र बस्तैनन् यहाँ त सुगुर चराउन फारबिसगन्ज सम्मका डुमहरु आउने र सुगुर बस्ती भरी छाडा छोडी दिने गरेको पहिला देखिकै परमपरा जस्तो छ । यस्तो गलत गतिबिधि नियान्त्रर्ण हुनुपर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.