विराटनगर साउन २१ गते । रातो तारा डट कम,
महानगर भित्रका समस्या पहिचान गरी समस्या समाधानका लागि महानगरपालिकाले काम गरिरहेको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताउनु भएको छ।
नेपाली कांग्रेस ४ न वडा समितिले शुक्रवार विराटनगरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पराजुलीले यस्तो बताएका हुन् । महानगरका समस्या एकैताली संबोधन गर्न असम्भव भएकाले क्रमश पहिलो प्राथमिकतामा गर्नुपर्ने कामको पहिचान गरी समस्या समाधान गरिने बताए ।
एक सय दिन भित्र विराटनगर महानगरका सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने ,बृद्धबृद्धाहरुको भत्ता वितरणमा सहज बनाउने र मोतियाबिन्दु भएकाहरुको पूर्णरुपमा उपचार गरिने मेयर पराजुलीले जानकारी दिए ।
कार्यक्रमा सहभागी स्थानीयले बाटोघाटो,विजुली,सुकुम्बाुसी समस्या समाधान गर्न र रोजगारीको सिर्जना गर्नुपर्ने लगायतका माग राखेका थिए ।
कार्यक्रममा वार्ड नं.४ का वडाअध्यक्ष देवेन्द्रराज पोखरेल,जिल्ला सदस्य सन्जय मण्डल
वडा सदस्य बलक राजबंशी,नेपाली कांग्रेस महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने, तरुणदल नगरसभापति सन्तोष न्यौपाने वडासमितिका अध्यक्ष राजकुमार तवदार,कांग्रेसका देवचन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Post a Comment