Websoft University

नेपालको पूर्वाधार बिकासका लागि ५ सय मिलियन डलर अमेरिकाले सहयोग गर्ने

बिराटनगर साउन २१ गते । रातो तारा डट कम,
सुनौलो नेपाल- अमेरिकाले नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोग दिने भएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को ५ सय मिलियन डलर अनुदान सहयोग स्वीकार्ने निर्णय गरेसँगै ४४ वर्षपछि नेपालको पूर्वाधारमा अमेरिकाले सहयोग गर्ने भएको हो।

यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत् सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको अमेरिकाले पछिल्लो साढे चार दशकमा नेपालको पूर्वाधारमा सहयोग गरेको
थिएन।

एमसिसीको नेपालस्थित कार्यालय ‘अफिस अफ मिलिनियम च्यालेन्ज’का संयोजक तुलसी सिटौलाले अमेरिकाले गर्न लागेको सहयोग नेपालले अहिलेसम्म पाएको सबैभन्दा ठूलो अनुदान भएको बताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.