अन्तर्राष्ट्रिय समचार,नयाँ दिल्ली- साउन १९ गते । रातो तारा
डट कम,चीन र भारतको विवादित सीमा क्षेत्र डोक्लमबाट भारतीय सैनिक फिर्ता भएका छन्। डोक्लममा गत १८ जुनदेखि चार सय भारतीय सैनिक तैनाथ गरिएको चीनको दाबी छ। तैनाथ सैनिक उक्त क्षेत्रबाट हटाउनका लागि चीनले भारतलाई चेतावनी दिँदै आएको थियो।
चीनले सडक निर्माण गर्न लागेको उक्त क्षेत्रमा भारत सरकारले सैनिक परिचालन गरी अवरोध सिर्जना गरेपश्चात् दुवै देशले उक्त क्षेत्रमा सेना परिचालन गरेका हुन्। भारतले भुटानको सीमाक्षेत्रमा अनावश्यक किचोला थापेर चिन लाई भडकाउन
लागेको आरोप दुनियाँले लगाएका छन।
Post a Comment