Websoft University

बाढी पीडितका लागि स्वास्थ्य शिविरबाटै नि:सुल्क आैषधी बितरण


रबिन्द्र बराल-रंगेली ,माेरङ भाद्र ७ बुधबार।रातो तारा डट कम,बाढीबाट प्रभावित भएका परिवारहरुको स्वास्थ्य जाचँ गर्ने उद्देश्य सहित आज रंगेली ९ दोहमनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर समपन्न भएको छ ।

दोहमना युवा कल्वको आयोजना तथा सिद्धार्थ टाईम्स हस्पीटल प्रालि रंगेलीका चिकित्सकहरुको टोलीले बाढीबाट प्रभावित रंगेली नगरपालिकको दर्वेशा क्षेत्रका ४ सय ५० विरामीहरुको स्वास्थ्य चेकजाच गरिएको अस्पतालका निर्देशक पारस मण्डलले बताए ।

विरेन्द्र नि. मा.वि.को आयोजना गरिएको शिविरमा सेवाका लागि विषेश गरि बालबालिकाहरुको बाक्लो सहभागिता रहेको थियो । बाढी बाट पीडीत भएका परिवारका बालबालिकाहरुमा भाईरल ज्वरो, रुघाखोकी, झाडापखालाको समस्या देखा परेको थियो भने जटिल समस्याका ४ जना विरामीहरु समेत फेला परेको अस्पतालले जनाएको छ ।

शिविरमा सिद्धार्थ हस्पीटलका फिजिसियन डा.मदन कृष्ण मण्डल, बाल रोग विषेशज्ञ विनोद विराजी लगायत १ दर्जन चिकित्स, प्राविधिकहरुको टोलीलेसेवाहरु प्रदान गरिएका
थिए। शिविरमा नि:शुल्क औषधी समेत वितरण गरिको  जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.