काठमाडौं साउन १९ गते । रातो तारा डट कम,
मुग्लिन–नारायणगढ सडकखण्डको हिजै मात्र प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गरे । तर, हिजै राति बस र जीपलाई पहिरोले बगाएको छ । प्रहरीका अनुसार बुधबार राति कालिखोला नजिकै दुई किलो र तीन किलोमा पहिरो खसेर बस र जीप बगाएको हो ।
प्रहरीका अनुसार पहिरोले काठमाडौंबाट इलामका लागि छुटेको ना ६ ख ७१२१ नम्बरको बस र बा १५ च ९३८० नम्बरको जिपलाई बगाएको हो।
बस र जीप बगाएर पहिरोले त्रिशूली नदीमा पुर्याएको छ । बसका सबै यात्रु र चालक सकुशल रहेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । पहिरो झर्न थालेको थाहा पाएपछि चालकले सबै यात्रुलाई बसबाट झर्न आग्रह गरेका थिए ।
Post a Comment