Websoft University

महिला उद्यम समिति मोरङले बाढी पीडितलाई पौष्टिक आहर तथा विस्कुट वितरण गरे


बिराटनगर भाद्र ८ गते । रातो तारा डट कम,
उद्योग संगठन मोरंङ,महिला उद्यम समितिले मिति २०७४ भाद्र ७ गते मोरंङ वुढिगंगा गाउ“पालिका वडा नं. ४ का वाढी पीडित परिवारलाई राहत सामाग्रि झुल, वालवालिकाका लागि पौष्टिक आहर तथा विस्कुट वितरण गरेको प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

अविरल वर्षाको कारण आएको वाढीबाट धनजनको क्ष्ँति भई घरवार विहिन अवस्थामा पुगेका पिडितहरुका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै संगठन अन्र्तगतको महिला उद्यम समितिले पिडितहरुको आवश्यकतालाई मनन गरी झुल, पौष्टिक आहार र विस्कुट वितरण गरेको समितिकी प्रमुख सल्लाहकार शिवा उपाध्याय अन्जुले वताउनु भयो ।

वुढिगंगा गाउ“पालिका वडा नं. ४ का अध्यक्ष्ँ काशिम मिया“ तथा प्रहरी प्रशासनको उपस्थितिमा वाढिपिडित परिवारका सदस्यहरुलाई राहत वितरण गरिएको थियो ।

राहत वितरणमा महिला उद्यम समितिकी सल्लाहकार प्रतिभा रिजाल ओली, सदस्यहरु लिला रिजाल, गिरिजा शारडा तथा महिला उद्यमी सुची चौधरीको सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.