Websoft University

सहज ढङ्गले निर्वाचन सम्पन्न भएकामा जापानी राजदुत खुशी


विराटनगर, साउन २१ गते । रातो तारा डट कम,नेपालस्थित जापानी राजदुत मोशासी ओगावा ( Mr Masashi Ogawa, ambassador.) ले नेपालमा बीस बर्षपछि स्थानीय निर्वाचन सहज ढङ्गले सम्पन्न भएकामा उपस्थित जनप्रतिनिधिहरुलाई बधाई दिदै खुशी व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरपालिकाद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उहाँले नेपालमा नयाँ संविधान जारी भएको र यसले नेपालीहरुलाई राम्रो गर्ने विश्वासप्रकट गर्नुभयो जापान र नेपालबीच घनिष्ठ सम्बन्ध रहेको प्रसङ्ग उल्लेख गर्दै राजदुत ओगावाले नेपालको दोश्रो ठूलो सहर विराटनगरको विकासका लागि केही गरौं भन्ने सोचाई रहेको र यहाँको खानेपानीको समस्याका बारेमा आफुले बुइोको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नेपाल र जापानबीचसांस्कृतिक सम्बन्ध पनि रहेको उल्लेख गर्दै विराटनगरमा खानेपानीको समस्या रहेको र यो समस्यालाई समाधानका लागि जापान सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विराटनगरमाअहिलेपनि ४० प्रतिशत जनता चापाकलको पानी उपभोग गर्न बाध्य रहेका छन भन्दै,यहाँ सय बर्षका पुराना खानेपानी पानी पाइप विछेयाइएको अवस्था रहेकाले बिराटनगरमा पुराना इिाकेर नयाँ खानेपानी पाइप लगाउने लगायतका विकास कार्यका लागि जापान सरकारको सहयोग चाहिएको उल्लेख गर्नुभयो ।

महानगरपालिकाले तयार पारेको खाने पानी बिकास प्रसाशनीक संमरचना सुधार प्रगतिको ग्राफिक भिज्योल समेत देखाउनु भएको थियो ।

पुर्व मन्त्री तथा सांसद् नारायण खड्काले जापान नेपालको अति मित्र देश हो त्यसैले पनि जापानले विकासमा ठूलो साझेदारीको भूमिका निर्वाह गरेकोछ र गरेको प्रसङ्ग उल्लेख गर्दै जापान नेपालको आन्तरिक मामिलामा कहिलेपनि चासो नराखेको, मुलुकको सम्बृद्धि, विकासको चाहनामात्र चासो राखेको स्पष्ट पार्नुभयो । जापानी राजदुत ओगावा आजै उदयपुर जिल्ला प्रस्थान गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.