विराटनगर, भदौ ७ गते । रातो तारा डट कम,
नेपाल तरुण दल मोरङले बिराटनगर स्थित वडा न. १९ का बाढीपीडितहरुलाई मायाले भरिएको बाल्टिन वितरण गरेको छ । दुई सय पुर्ण क्षतिग्रस्त बाढी पीडित लाई राहत स्वरुप खादान्न सहितको ब्ल्यान्केट बितरण गरेको हो ।
देशैभरका बाढीपीडित र प्राकृतिक विपत्तिमा परेकाहरुका लागी भनेर डा. मिनेन्द्र रिजाल र गगन थापाद्धारा स्थापित कोषवाट यो कार्यक्रमबाट सञ्चालित रहेको छ ।
राहत वितरण कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली ,उपमेयर इन्दिरा कार्की ,नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला सग्रौला , नेविसंघ केन्द्रिय उपाध्यक्ष डिल्ली सुवेदी तरुणदल मोरङका अध्यक्ष प्रभाकर थापा (सन्जय) नेविसंघका सह महामन्त्री कृण्ण कार्की,तरुणदल नगरका सभापति सन्तोष न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।
Post a Comment