Websoft University

गृहमन्त्री जनार्दन शर्मा र जापानी राजदुतको भेट बार्ता


काठमाडौ, साउन २० गते । रातो तारा डट कम,
गृहमन्त्री जनार्दन शर्माले जापानी अनुभवका आधारमा उद्धार कार्यमा स्थानीय जनतालाई समेत सहभागी गराउने योजना रहेको बताउनुभएको छ ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावासँग गृह मन्त्रालयमा हिजो भएको शिष्टाचार भेटमा गृहमन्त्री शर्माले भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि जापानका बौद्ध धर्मावलम्बीको आगमन झनै सहज हुने बताउनुभयो ।

उहाँले आगामी मंसिर महिनाभित्रै संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्ने योजनामा सरकार रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा राजदूत ओगावाले दोस्रो चरणको स्थानीय निर्वाचन शान्तिपूर्ण ढंले सम्पन्न गरेकामा गृहमन्त्री शर्मालाई बधाई दिँदै तेस्रो चरणको स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुभकामना दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.