Websoft University

बृद्धवृद्धाहरुलाई सम्मान

(फाएल फोटो)
विराटनगर साउन २३ गते । रातो तारा डट कम,झुलन पुँजा समारोह समिति विराटनगर १ ले बृद्धवृद्धाहरुलाई सम्मान गरेको छ । २२ गते एक कार्यक्रमका वीच २८ जना वृद्धवृद्धाहरुलाई पुँजा समारोह समितिले सम्मान गरेको हो।

विराटनगर महानगर वार्ड नं. १ मा रहेका बृद्ध बृद्धाहरुले जीवनमा गरेका योगदान र उमेरका आधारमा सम्मान गरिने परिपाटी अनुरुप सम्मान गरिएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

यस्तै वृद्ध वृद्धाहरुलाई लौरो र टर्चलाईट समेत प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर भित्र रहेका बृद्धवृद्धाहरुको सम्मानका लागी विशेष कार्य गरिरहेको जानकारी दिए ।  उहाँले एकल तथा बृद्धभत्ता सहजताका लागी काम भइसकेको जानकारी दिए ।

पुँजा समारोह समितिका अध्यक्ष राजन पुरीको अध्यतामा भएको कार्यक्रममा विराटनगर १ का वडा अध्यक्ष उद्धव अर्याल,युवा समाजसेवी पुष्पबिक्रम बस्नेत ,समाजसेवी लभराज मास्के,अशोक गुप्ता लगायतको सहभागिता
रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.