विराटनगर भदौ १० गते । रातो तारा डट कम,
विराटनगर महानगरपालिका बारुणयन्त्रको मानगड कार्यालयमा आज छड्के अनुगमन गरिएको छ । भनेकै समयमा दमकल नपुगेको गुनासो आएका कारण महानगरले अनुगमन गरेको जनाएको छ ।
मेयर भीम पराजुली ,कार्यकारी अधिकृत दिपक कोइरालाको नेतृत्वमा गएको टोलीले मानगढमा रहेको बारुणयन्त्रको अनुगमन गरेको थियो । भनेको समयमा दमकल नपुगेको , एकसेट कर्मचारीहरु तयारी अवस्थामा पोसाक लगाएर बस्नुपर्नेमा नबसेका , समयमै पानी नभरेको र कर्मचारीहरु कार्यालयमा नबसेको पाइएको छ ।
समयमा कर्मचारीलाई आउन ,कर्मचारीको हाजिरी दुरुस्त राख्न,एक दमकल एकसेट कर्मचारी तयारीमा पोसाक सहित स्टेनवाही वस्न निर्देशन दिएको मेयर पराजुलीले जानकारी दिनु भयो । कर्मचारीहरुले कार्यालयको मातहतमा तोकिएको जिम्मेवारी अनुसार रहेर काम नगरे तत्काल कार्वाही गरिने समेत बताउनु भयो । हाल विराटनगरमा ५ वटा दमकल रहेको र ३ वटा मात्रै चालु अवस्थामा रहेको छ ।
Post a Comment