Websoft University

गलत तरिकाले संम्बन्धन दिएका मेडिकल कलेजहरुको संम्बन्धन खारेजीको माग गर्दै घण्टी बजाउदै सिंहदरवार घेराउ

काठमाडौ,भाद्र ७ गते । रातो तारा डट कम, डा. गोबिन्द केसीले नेपाल र नेपाली जनताका लागि मेडिकल माफियाको बिरूद्वमा राष्ट्रिय मुद्घा उठाएर आम नेपाली जनताको मन जितिसक्नु भएकोछ । यिनै कुरालाई लिएर जनता र मेडिकल लाईनका विधार्थीहरु आफै सडकमा आएर गलत तरिकाले सम्वन्धन दिने त्रिभुवन बिश्वबिध्यालय काठमाण्डौं बिश्वबिध्यलयका बिरुद्घमाजनता सडकमै आउन थालेका
छन ।

सरकारलाई इाुक्याउन खडेवा खडा गरेर काठमाण्डौं बिश्वबिध्यालयबाट संम्बन्धन पाएको बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ्ग अस्पताल रिसर्ज सेन्टर लगाएतका गलत तरिकाले संम्बन्धन पाएकाहरुको संम्बन्धन खारेजीको माग राख्दै आज काठमाण्डौमा घण्टी बजाएर बिभिन्न कार्ड व्यानर बोकेर एक घण्टा बिधार्थीहरुले सिंहदरवार घेराउ गरेकाछन ।

देश भरी कुनैपनि ठाउँमा मेडिकल कलेज संचालन गर्ने अनुमती लिन भौतिक पुर्बाधारहरू तोकिएको शैया, भएको अस्पताल, ल्याव, लाईब्रेरि आबश्यक पर्ने फामेसी देखी आफनै पठनपाठन हुने विषयका विभागिय,विशेषज्ञ, प्रोफेसर डाक्टर हुनुपर्दछ ।. नेपालमा विशेषज्ञहरु थोरै र महंगा भएकोले मेडिकल कलेजको सम्वन्धन लिनकालागि देखाउनकै लागि मात्र भारतीय डाक्टरहरुलाई विशेषज्ञ बनाएर देखावटी नियुक्त्ति दिएर अनुगमनमा आएका अधिकारीहरु, केहि पत्रिका र पत्रकारहरुलाई देखाउने गरिन्छ ।

सम्वन्धन लिने विश्वविद्यालयले अनुमति दिएपछि मेडिकल कलेजलाई नेपाल मेडिकल काउन्सिलले पनि मान्यता दिनेगरेको छ.तर इमान्दारीता भएन भने कसैको केहिलाग्दो रहेन्छ । अनुगमन टोलीलाई झुक्याउन विराटनगर स्थित नोबेल मेडिकल कलेजले पनि खडेबाबाहरु  भारतवाटै डाक्टरहरु ल्याएर होटलमा देखाएर इाुक्याएर संम्बन्धन लिन सफल भएको थियो ।

नोबेल..
जे होस नोवेलले अहिले पुर्वाधार बनाइसकेको पाइन्छ ।

 (बिराट मेडिकल  कलेज ) तस्बिर आफैबोल्छ....

(बिराट नर्सिङ होमको रिसर्च सेन्टर )

बिराट अस्पताल प्रा लि ले काठमाण्डौ बिश्वबिधालय र सरकार मेडिकल काउन्सिल समेतलाई इाुक्याएर बिराट नर्सिङ्ग होमले बिना पुर्वाधार मेडिकल कलेज रिसर्च सेन्टर लेखेर सरकारले दिदै आएको सुबिधाको व्यापक दुरुपयोग गरिरहेकोछ ।

मेडिकल कलेजका नाममा आएको मालसामान भन्सार छुट देखि सरकारले दिने सुबिधा सबै आफनो निजी नर्सिङ्ग होम प्रयोग गरेर आफु मालामाल भईरहेकोछ भने जनतालाई सरकारले दिएको सुबिधा छुटको दुरुपयोग भईरहेको पाईन्छ । यसरी जनताले बिरोध गरिरहदा पनि न अख्तियरले हेर्छ न त मेडिक काउन्सिलले नै हेर्छन न सरकारले गलत संम्बन्धनको खारेजी तिर कार्यवाही चलाएकोछ, यो बिडमवना नै भएकोछ।

यस्ता पुर्वाधार नभएका मेडिकल कलेजहरुलाई सरकारले तु कार्यवाही अगाडी बडाउन जनताले सरकार संग माग गरिरहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.