Websoft University

नेपाल आयल निगमको जग्गा खरिद छानबिन हुने दोसि पाए कार्यवाही हुने


विराटनगर, साउन २३ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री हुनु भएका आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रेस सेन्टरले बिराटनगरमा स्वागत गरेको
थियो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलले स्वागत कार्यक्रममा बोल्दै नेपाल आयल निगमद्वाराजग्गा खरिद गरिएको प्रकरणको सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको र लेखा समितिले आफै अनुसन्धान थालेको बताउनुभएकोछ ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै,उहाँले कानुनसम्मत ढङ्गले छानविन भइरहेको र दोषी ठहरिएमा कारवाही गरिने प्रष्ट पार्नुभयो ।

यस विषयमा लेखासमिति,संसदीय समिति,अर्थ समितिलगायत सरोकारवाला समितिहले पनि छानविन गरिरहेको र जग्गा खरिद प्रकरणमा अनुसन्धानका लागि लेखा समितिद्वारा अख्तियार दुरपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी गराउनुभयो ।
 .
दशैं,तिहारका लागि सहज,सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यानलगायतका सामाग्री उपलब्ध गराउन सरकार दत्तचित भएर लागेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मण्डलले मूल्यलाई नियन्त्रण गर्नका लागि प्रभावकारी अनुगमनमा खटाइने स्पष्ट पार्नुभयो ।

चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौंताको सन्दर्भमा उहाँले कुनै एक राष्ट्रमाथिको निर्भरतालाई अन्त्य गर्नुपर्ने,जुन देशबाट बढी फाइदा नेपाली जनतालाई  हुन्छ,त्यहाँबाट आपूर्ति गरिने र सवैभन्दा सवल पक्ष मुलुकलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेकपा माओवादी केन्द्र मोरङको तर्फबाट मन्त्री हुनुभएका  आपूर्तिमन्त्री क. शिवकुमार मण्डल एक सवल सक्षम पाटी कार्यकर्ता भएकाले वहाले गर्छु भनेको कुरा गरेरै देखाउने सबैले बिश्वास लिएका छन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र मोरङ इन्चार्ज क. कुसल लिम्बू क. गणेस उप्रेती नगर इन्चार्ज भोगेन्द्रयादव लगाएत पाटि कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा पत्रकारहरुले पनि  आपूर्तिमन्त्री लाइ बधाई दिनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.