विराटनगर, भदौ ४ गते । रातो तारा डट कम,
मोरङको उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पुर्याउँदा १२ लाख ३५ हजार बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुसार मध्यरातमा जंगलबाट आएको एउटा हात्तीले उर्लाबारी – १ झारसादीस्थित बलविर थापा र सन्त धिमालको घर भत्काएको हो ।
हात्तीले थापाको एक तले पक्की घरको ३ वटा कोठा भत्काउँदा १२ लाख बढीको क्षति भएको प्रहरीले जनाएको
छ । थापाको घर भत्काएपछि दक्षिण लागेको हात्तीले बिहान २ बजे सन्त धिमालको फूसको घर पनि भत्काउँदा ३५ हजारको क्षति भएको छ । गाउँमा हात्ती पसेर आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दाबीच भागदौड मच्चिएको थियो । स्थानीय त्रसित बनेका थिए ।
दुईवटा घरमा क्षति पुर्याएर हात्ती रातिनै मिक्लुङक जंगलतर्फ गएको प्रहरीले जनाएको छ ।

Post a Comment