Websoft University

आपूर्ति मन्त्री मण्डललाई २५ किलोको मालाद्वारा विराटनगरमा भव्य स्वागत



विराटनगर, साउन २२ गते । रातो तारा डट कम,आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणको सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कानुनसम्मत ढङ्गले छानविन भइरहेको र दोषी ठहरिएमा कारवाही गरिने प्रष्ट पार्नुभयो ।

यस विषयमा लेखासमिति,संसदीय समिति,अर्थ समितिलगायत सरोकारवाला समितिहरुले पनि छानविन गरिरहेको र जग्गा खरिद प्रकरणमा अनुसन्धानका लागि लेखा समितिद्वारा अख्तियार दुरपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी गराउनुभयो ।

दशैं,तिहारका लागि सहज,सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यानलगायतका सामाग्री उपलब्ध गराउन सरकार दत्तचित भएर लागेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मण्डलले मूल्यलाई नियन्त्रण गर्नका लागि प्रभावकारी अनुगमण खटाइने स्पष्ट पार्नुभयो ।

उहाँले संविधान संशोधनको विषय सरकारको प्राथमिकतामा रहेको र मधेशको समस्यालाई समाधान गर्नका लागि मुख्य राजनीतिक दलहरुलाई प्रतिबद्ध हुनुपर्ने सुझाव दिनुभयो ।

चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्ति सम्बन्धी सम्झौंताको सन्दर्भमा उहाँले कुनै एक राष्ट्रमाथिको निर्भरतालाई अन्त्य गर्नुपर्ने,जुन देशबाट बढी फाइदा हुन्छ,त्यहाँबाट आपूर्ति गरिने र सवैभन्दा सवल पक्ष मुलुकलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

यसैबीच,   विराटनगर विमानस्थलमा ठूलो सङ्ख्यामा उपस्थित नेकपा (माओवादीकेन्द्र)का कार्यकर्ताहरुले मन्त्री मण्डललाई २५ किलोको माला पह्रिाएर स्वागत गरेको छ ।

सो पार्टीको तर्फबाट मोरङबाट अहिलेसम्ममा उहाँ मन्त्रीमण्डलमा स्थान पाउनु हुने पहिलो व्यक्ति हुनुभएको कारणले भव्य स्वागतको क्रममा २५ किलोको माला पह्रिाइएको सो पार्टीका कार्यालय सचिव मुक्ति शर्माले जानकारी गराउनुभयो । रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.