रबिन्द्र बराल-रंगेली,माेरङ,भदौ ८ गते बिहीबार । रातो तारा डट कम,हिन्दु महिला हरुले प्रत्येक बर्ष भाद्र शुक्ल द्वितीय देखि हरितालिका सुरु हुन्छ । त्यस दिन मिठाे मिठाे परिकार हरु बनाएर खानेगरेका छन भने राति १२ बज्नु भन्दा पहिले नै राति उठेर दरखाने चलन छ ।
दाेस्राे दिन अर्थात् शुक्ल तृतीय काे दिन बिबाहित महिला हरुले अाफ्नाे लामाे अायुकाे कामना गर्दे त्यस दिन दिन भरी पानी समेत नखाई कन व्रत बस्ने गर्देछ ।अविवाहित युवती हरुले राम्रो श्रि मान पाईयाेस भनेर व्रत बस्ने चलन समेत रहेकाे छ।
तेस्रो दिन चतुर्थी काे दिन सुर्य उदय भए पछि ब्रतालु हरुले सुर्य देवता लाई अर्ग दिने गर्दछन भने अग्सत मुनिकाे पुजा अाजा गरेर व्रत सम्पन्न गरिनेछ । चाैथाे दिन नजिकैको खाेला,पाेखरी,तलाउमा गएर स्नान गर्ने गर्देछन ।
श्रिषि पंचमी काे सामुहिक रुपमा पंचमी पुजा गरेर हरितालिका तिज सम्पन्न हुनेछ ।
ब्रतालु महिलाहरुले धनपाल नगरपालिका ४ स्थित कर्सिया चाेकमा रहेको साेमेश्वर नाथ शिवालयमा मन्दिरमा दिन भर विभिन्न तिजका गित हरुमा नृत्य गरेका थिए ।
महिला मिलन केन्द्र संन्जाल काे अायाेजनामा बिहीबार विभिन्न कार्यक्रम समपन्न गरेका छन ।
साे कार्यक्रममा धनपाल गाउँपालिका का उपमियर नेसिमा बार्नु काे प्रमुख अतिथिमा कार्यक्रममा गरेका थिए ।
महिला मिलन केन्द्र सन्जालकि सचिव जुम खातुन लागायत काे उपस्थितिमा कार्यक्रम गरिएको संन्जालकी अध्यक्ष अन्जु मिश्रले जानकारी दिनुभयो ।
त्यसैगरी रंगेली मा रहेको महिला सन्जालले पनि तिजकाे कार्यक्रम गरेकाे थियाे ।कार्यक्रम रंगेली का उप मियर केशव कुमारी खराल काे प्रमुख अतिथिमा कार्यक्रम सम्पन भएको कमला न्याैपानेले बताउनुभयो ।
Post a Comment