Websoft University

देउवाले दिल्लीमा दिएको भिव्यक्तिप्रति प्रचण्डले असन्तुष्टी जनाए


सुर्खेत,भाद्र १० गते । रातो तारा डट कम,
सत्ता साझेदार दल माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा संविधान संशोधनको विषयमा दिएको भिव्यक्तिप्रति असन्तुष्टी जनाएको छ ।

तर देउवाले नेपालको तराईमा ठुला ठुुला बाध बाधेर तराई डुवाउने सुरक्ष लगाएतका गलत सम्जोैताको भने बिरोध गरेनन।

संसदबाट टुंगिसकेको मुद्दामा प्रधानमन्त्रीले छिमेकी देशमा गएर पुनः संशोधन प्रस्ताव पेश गर्ने अभिव्यक्ति दिनु गलत भएको माओवादीको भनाइ छ ।

वीरेन्द्रनगरमा प्रेस सेन्टरले शुक्रवार गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘संशोधनको मुद्दा संसदबाट टुंगिसकेको छ, अब कुनै पनि हालतमा यसमा पुनर्विचार
हुँदैन । संसदबाटै फेल भइसक्यो, अब यो विषयमा कसैले बोल्नु पनि उचित हुँदैन ।’

सार्वभौम संसदले गरेको फैसला सबैले स्वीकार गर्नुपर्ने भन्दै प्रचण्डले अब राजपा पनि पूर्व सहमति अनुसार चुनावमा आउने जनाए । संविधान नै असफल बनाउने खेल जारी रहेको भन्दै उनले यसका लागि तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.