जनकपुर - महेन्द्रनगर, साउन २० गते । रातो तारा डट कम,
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राजपा र एमालेको सम्बन्ध सुधारको चाहना व्यक्त गर्नु भएको छ ।
जनकपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले एमाले र राजपालाई लडाएर काँगे्रसले मधेश कब्जा गर्ने सपना देखिरहेको आरोप लगाउँदै एमाले नै मधेसीको अधिकारको वकालत गर्ने पार्टी भएकाले मधेसमा एमालेप्रति गलत भ्रम सिर्जना गरिएकोे बताउनुभयो । नेता भट्टराईले भन्नुभयो, “संविधान संशोधनको कुरोमा राजपासँग हाम्रो केही विमति भए पनि हामी चाहन्छौँ राजपा र एमालेमा सम्बन्ध सुधार होस् ।”
उहाँले राजपाले निर्वाचनमा चुनाब चिह्न पाउनुपर्ने माग गरे पनि काँग्रेसले राजपालाई चुनावमै आउन नदिन षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । एमालेले जनकपुरको विकासका लागि विशेष अभियान चलाउने जानकारी दिँदै यहाँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रयत्न थाल्ने पनि बताउनुभयो ।
Post a Comment