धनकुटा, साउन १८ गते । रातो तारा डट कम,
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई राहत दिने नीतिअनुरुप जिल्ला अस्पताल, धनकुटामा सुलभ फार्मेसी (औषधि पसल) सञ्चालनमा आएको छ ।
सोमबारदेखि जिल्ला अस्पतालमा सरकारले उपलब्ध गराउने ७० प्रकारका निःशुल्क औषधिबाहेक अन्य औषधि अवस्था कमजोर भएका बिरामीलाई राहत दिन सुलभ औषधि पसल सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय, धनकुटाले जनाएको छ ।
औषधि पसलमा सबै प्रकारका रोगीका लागि औषधिको अधिकतम मूल्यको १० प्रतिशत छुटमा औषधि बिक्री गरिने धनकुटा अस्पतालका डा मदनकुमार उपाध्यायले बताउनु
भयो ।
अस्पताल विकास समितिमार्फत सरकारले प्रदान गर्ने रु पाँच लाख बराबरको लागतमा सञ्चालन भएको पसलले हाल ८४ प्रकारका अति आवश्यक औषधि उपलब्ध गराउने अस्पताल विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोलले बताउनु
भयो ।
जिल्ला अस्पताल धनकुटाले आयोजना गरेको औपचारिक कार्यक्रममा पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक विष्णुबहादुर बस्नेतले औषधि पसलको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, उद्योग वाणिज्य सङ्घ, धनकुटाका अध्यक्ष उमेश घिमिरेलगायतले पसल सञ्चालनसँगै दक्ष प्राविधिक र उपकरणसमेतको प्रयोग गरी सर्वसाधारणलाई स्वास्थ्य उपचारमा विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो । रासस
––––––––

Post a Comment