Websoft University

मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय खारेज हुनु पर्छ गगन थापा

बिराटनगर,भाद्र ९ गते । रानो तारा डट कम,नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । त्रिभुवन विश्वविद्यालयले नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेकाले त्यसलाई खारेज गर्न माग गर्दै पूर्वस्वास्थ्य मन्त्री समेत रहेका कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धनको सन्दर्भमा त्रिविले गरेको गलत निर्णयले नेपालको स्वास्थ्य सेवामा दीर्घकालिन असर पर्ने दाबी थापाको छ ।

विगतमा सरकारले पटक(पटक राष्ट्रिय चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिने र काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिने समझदारी डा. गोविन्द केसीसँग गरेको छ ।

 तर, सहमति कार्यान्वयन नभएको भन्दै केसी पटक(पटक अनसनसमेत बस्दै आएका छन् । यसै बेला विगतका समझदारी प्रतिवद्धताको भावना र मर्म विपरित दिइएको सम्बन्धन अविलम्ब खारेज गर्न थापाले माग गरेका
छन् ।

सर्वोच्च अदालतको पुरानो निर्णयलाई आधार बनाएर नेशनललाई सम्वन्धन दिइए पनि अर्को निर्णय भइसकेकाले त्रिविको यो निर्णयले सरकार स्वयंको पटक(पटक गरेको प्रतिवद्धताको बर्खिलाप तथा यस सम्वन्धमा अदालतले गरेको पछिल्लो फैसलाको प्रतिकुल र अपव्याख्या समेत गरिएको छ,’ प्रस्तावमा भनिएको छ,‘योभन्दा पनि गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र भविष्य माथि नै खेलवाड गरिएको छ ।

जब जनस्वास्थ्यको समेत खेलवाड गर्ने निर्णयहरु गरिन्छन् त्यतिबेला सम्मानित संसदले सरकारको निर्णय सच्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्नैपर्छ ।’अनलाईनबाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.