Websoft University

रोहित थापा पक्राउःअहिलेसम्म 30 भन्दा बढी पक्राउ परे

बिराटनगर भदौ १८ गते । रातो तारा डट कम,
कालेबुङ- सिक्किममा विमल गुरूङलगायत मोर्चाका केन्द्रिय नेताहरूलाई पक्रिन दुइदिन अघि बङ्गाल पुलिसले छापा लगाएको थियो।  यसै अभियानमा बङ्गाल पुलिसले 14 जनालाई पक्राउ गरेको थियो भने पहाडभरिबाट अहिलेसम्म बङ्गाल पुलिसले 30 भन्दा अधिक मोर्चा नेताहरू पक्राउ गरिसकेको छ।

हिजोमात्र आधिकारिकरूपले मोर्चाबाट निकालिएका नेता विनय तामाङ भने आज पुलिसी सुरक्षासितै दार्जीलिङ चोक बजारमा देखा परे। उनले प्रेस गिल्डमा पत्रकार ससम्मेलन पनि गरे।

29 अगस्तको दिन नवान्नमा भएको द्वीपक्षीय बैठकमा मोर्चालाई प्रतिनिधित्व गरेर गएका डुवर्सका मोर्चा नेता रोहित थापालाई आज जलपाइगुडीबाट पक्राउ गरिएको छ।

रोहित थापा उनै हुन्, जसले 29 अगस्तको दिन नवान्नमा भएको बैठकपछि विनय तामाङ र अनित थापाको चलखेलबारे मोर्चा प्रमुख विमल गुरूङलाई विस्तृत जानकारी दिएका थिए।

विमल गुरूङले कलकताका अविनाश र रोहित थापासित भएको फोनकल रेकर्ड सार्वजनिक गरेका थिए। जसमा विनय तामाङ र अनित थापाले नयाँ पार्टी खोल्ने, मोर्चा प्रमुख विरुद्ध जाने अनि बङ्गाल सरकारसित उनीहरूको साँठगाँठ रहेको सम्बन्धमा कुराकानी छ।

विनय तामाङले 12 सेम्टेम्बरको बैठकलाई केन्द्र गर्दै 12 दिन बन्दलाई स्थगित गरेका थिए। तर विमल गुरूङले बन्द जारी रहने अर्को घोषणा गरेदेखियता पहाडको राजनीतिले युटर्न लिएको थियो।

यो घटनापछि सिक्किममा पक्रिएको बाहेक दार्जीलिङबाट 9 जना, कालेबुङबाट 2 जना र अन्य ठाउँबाट 5 जनाभन्दा धेर मोर्चा कार्यकर्तालाई पुलिसले पक्राउ गरिसकेको छ।

पक्राउ गर्ने कार्यलाई बङ्गाल पुलिसले अझ तीब्र बनाएको छ। विमल गुरूङ, रोशन गिरी अनि प्रकाश गुरूङ विरुद्ध लुक आउट नोटिश जारी गरिएको छ। अन्य धेरै जना मोर्चा नेताहरूको खोजी बङ्गाल पुलिसले जारी राखेको छ।

12 सेप्टेम्बरअघिसम्म धेरै मोर्चा नेताहरू पक्राउ पर्ने सम्भावना देखापरेको छ। यता मोर्चाका नेताहरूबाहेक अरू कुनै दलका नेताहरूलाई पुलिसले पक्रिएको छैन। मोर्चा नेताहरूको पक्राउ विरुद्ध पनि कुनै पनि दलले मुख खोलेको

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.