काठमाडौं, भदौ १८ गते । रातो तारा डट कम,
लिपुलेक सम्झौता खारेजी र नेपाली भुमी कालापानीबाट भारतीय सेना फिर्ताको माग गर्दै नेपाली सेनाका पूर्व जर्नेलसहित प्रबुद्ध व्यक्तित्वहरु आइतबार बालुवाटार पुगेका छन् ।
उनीहरुले भारत र चीनबीच नेपाली पश्चिमोत्तर भूमि लिपुलेकबारे सन् २०१५ मे १५ मा भएको गैरकानूनी सम्झौता खारेजीका साथै कालापानीबाट भारतीय सुरक्षा फौज अबिलम्ब फिर्तीका लागि आवश्यक कदम चाल्न सरकारलाई ज्ञापनपत्र बुझाएका हुन् ।
पूर्वराजदूत, परराष्ट्रविद, कानूनविद, प्राध्यापक, सीमाअभियन्ता, पूर्व सुरक्षाअधिकारीसहित ४५ जना लब्धप्रतिष्ठित व्यक्तित्वहरुद्वारा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र गृहमन्त्री जनार्दन शर्मालाई बाह्र बुँदासहितको ज्ञापनपत्र छुट्टाछुट्टै बुझाइएको छ ।
अनलाइन बाट
Post a Comment