Websoft University

मदरसामा पाठ्यपुस्तक बितरण


रबिन्द्र बराल रंगेली,माेरङ असाेज ३ गते । रातो तारा डट कम, माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको मदरसा इस्लाम मियाँ प्रथमिक बिधालयमा १ सय ३५ बिध्यार्थी हरुलाई मङगलबार  पाठ्यपुस्तक बितरण गरेकाे छ ।

साउन २८ गते अाएकाे बाढीका कारणले मदरसामा अध्यनरत १सय ३५ बिध्यार्थी हरुकाे सम्पुर्ण पाठ्यपुस्तक पानीले बगाए पछि एक महिना देखि उक्त बिधालयमा पठनपाठनमा समेत अबरुद्ध भएको थियोे ।

साे कार्यक्रममा काे प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप बगडियाले भने अब मस्जिद ,मदरसा र कर्वस्थानकाे लाई नगरपालिकाले सक्दाे सहयोग गर्ने समेत बताउनु भयाे।

साे कार्यक्रमकाे अतिथिमा रंगेली श्राेत केन्द्रका स्राेत ब्यक्ति पुर्णलाल ताजपुरीया,बडा नम्बर ७का बडा अध्यक्ष रामचन्द्र मन्डल,नेपाली काङग्रेसका सभापति जगर्नाथ मन्डल,शंकर प्रसाद साह, रुपेश मन्डल, घनश्याम पनेरु, लगातकाे उपस्थितिमा कार्यक्रम भएको थियाे ।

मदरसाका अजिम अालमले भने यस मदरसालाई हाल सम्म सबै अाफ्नै समुदाय बाट चन्दा सङकलन गरेर बिधार्थीहरुलाई पठनपाठन गराईरहेकाे समेत बताउनुभयाे  ।

साेहि कार्यक्रमा मदरसाले रंगेली नगरपालिकाका मेयर लाई ज्ञापनपत्र समेत बुझाएका छन ।

 जामे मस्जिदका इमान माैलाना जुवेर साहवकाे  सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियाे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.