Websoft University

वडा सदस्यको मृत्यु


रबिन्द्र बराल,रंगेली भदौ २० गते । रातो तारा डट कम,
मोरङको रतुवामाई नगरपालिकाको जननिर्वाचीत वडा सदस्यकाे उच्चरक्तचापका कारण मृत्यु भएको छ  ।
रतुवामाई नगरपालिका वार्ड नं.४ भुर्कियाका ५२ वर्षिय वडा सदस्य अमिलाल गनगाईको  विराटनगर स्थित नोवेल मेडीकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाली काग्रेसको तर्फबाट हालै सम्पन्न भएको  स्थानिय निर्वाचनमा विजय भएका थिए। १४ गते राती उच्च रक्तचाप भएपछी उपचारका लागि विराटनगर स्थित नोवेल मेडीकल कलेजमा भर्ना गरिएका थिए ।

मृतक गनगाईको आजै स्थानिय रतुवा खेलामा दाहसंस्कार समेत गरिएको छ । सो क्रममा रतुवामाई नगरपालिकाका मेयर एवम नेपाली काग्रेसका क्षेत्रिय सदस्य रविन राई, उपाध्यक्ष खड्क बहादुर लिम्बु, सचिव संजिव मण्डल, पुर्व जिल्ला सदस्य गिरिजा यादव लगायत प्रतिनिधीहरुले मृतक वडा सदस्य गनगाईको पार्थिक शरिरमा श्रृद्धाञ्जली अर्पण गर्दै पार्टीको झण्डा ओढाउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.