Websoft University

लोकतान्त्रिक आन्दोलनमा सञ्चारकर्मीको योगदान महत्वपूर्ण : उपप्रम श्रेष्ठ

पोखरा, असोज ८ गते । रातो तारा डट कम, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चारकर्मीको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ, कास्की शाखाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’बाट पोखराका पत्रकार पुण्य पौडेललाई सम्मान गर्दै उहाँले पत्रकारहरुकै योगदानबाट मुलुकमा हालसम्मका उपलब्धि प्राप्त भएको बताउनुभयो ।

सञ्चार क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै उहाँले पत्रकारका हकहित तथा पेशागत सुरक्षाका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने उल्लेख गर्नुभयो ।
गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै मन्त्री श्रेष्ठले रोजगारमूलक एवम् व्यावसायिक शिक्षाको माध्यमबाट स्वदेशमै युवाहरुलाई रोजगारी दिन सकिने बताउनुभयो ।

उक्त अवसरमा पत्रकार पुण्य पौडेललाई रु ३३ हजार ३३३ नगदसहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको
 थियो । सो पुरस्कार सन्चालनका लागि स्वर्गीय दयाशंकर पालिखेका परिवारजनले रु पाँच लाखको अक्षय कोष स्थापना गरिदिनुभएको छ ।

नेकपा (एमाले) सल्लाहकार परिषद्का उपाध्यक्ष एवम् पूर्वमन्त्री खगराज अधिकारीले पुरस्कारले पत्रकारिता क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले पालिखे परिवारले पत्रकारिता पुरस्कार स्थापना गरेर प्रजातन्त्रका सेनानी दयाशंकरले सामाजिक क्षेत्रमा पु¥याएको योगदानलाई जिवन्त राखेको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.