Websoft University

वीपी दासको वीपी प्रतिष्ठान डुवाउने षडयन्त्र धरान



धरान भदौ १६ गते । रातो तारा डट कम,धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति डा वलभद्र दास ले आफु उपकुलपति वन्न नपाएको झोकमा प्रतिष्ठानको हित विपरीत कार्य गर्न थाले पछि प्रतिष्ठानलाइृ करोडौको नोक्सान हुन थालेको छ । 

विगत ५ वर्ष सम्म प्रतिष्ठानको उपकुलपति भएका डा दासले यस पटक पनि भीसी वन्न ठुलो कसरत गरेका थिए । तर उनले आफनो कार्यकालमा अनगिन्ती आर्थिक अनियमितता गरेर अख्तियारको कार्वाहिको सूचीमा परेको कारण तत्कालिन सरकारले उनलाइ भीसी हुन वाट रोकेको थियो ।

उनको सट्रामा प्रतिष्ठानकै पुराना वरीष्ठ डाक्टर आर के रौनियारलाई उपकुलपतिमा नियुतm गरे पछि डा दासले नया भीसीलाई काम गर्न नदिन विभिन्न षडयन्त्र गरेर दुख दिन थालेको प्रतिष्ठानका कर्मचारीहरु वताउछन ।

सरकारले नया उपकुलपतिमा नियुतिm गर्ने वितिकै उनले सर्वोच्च अदालतमा नियुतिm नियम संगत नभएको भनि मुद्धा हालेका थिए । तर सर्वौच्चले सो नियुतिm नियम संगत नै भएको भनि फैसला सुनाएको छ । त्यस पछि उनले आफनो काठमाण्डौ वस्दै आएकि छोरी तान्या दासको नाममा नया भीसीले एमविविएसको लागी भारतीय विधार्थीको भर्ना पुन गराएर आर्थिक अनियमितता गर्न लागेको भनि विराटनगर स्थित उच्च अदालतमा रिट निवेदन दिन लगाएर भर्ना प्रकृयालाई विथोल्ने कोशिस गरेका छन ।

तर उक्त भर्ना प्रकृयाको वारेमा पनि उच्च अदालतले प्रतिष्ठानकै पक्षमा फैसला सुनाएर प्रतिष्ठानको १६ करोड रुपैया घाटा हुन वाट वचाएको छ । प्रतिष्ठानको  नियमित भर्ना  प्रकृया अनुसार वर्षमा २० जना भारतिय विधार्थीका लागी कोटा छुट्रयाईएको हुन्छ ।

तर यस वर्ष २० मध्ये ८ जना मात्र भारतिय विधार्थीले प्रवेष परीक्षा दिन आएकोले पुन परीक्षाको तयारीमा प्रतिष्ठान रहेको थियो । तर यसै विच डा दासले मुद्धा हालेर प्रतिष्ठानलाई भारतिय विधार्थीवाट उठने झण्डै १६ करोड रुपैया घाटा लगाउने षडयन्त्र गरेको कुरा रजिष्टार कुल वहादुर श्रेष्ठ वताउछन ।

डा दासको दुसाहस, वजेटै विना अर्र्वौ रुपैयाको टेण्डर
४० प्रतिशत आन्तरीक श्रोत र ६०प्रतिशत जति  नेपाल सरकारको अनुदान वाट चख्दै आएको वीपी प्रतिष्ठानमा हाल झण्डै अढाई अर्व रुपैयाको वजेटमा ४ सय शैयाको मातु शिशु अस्पतालको भवन धमाधम निर्माण भई रहेको छ । रसुवा एण्ड शर्मा निर्माण सेवाले लिएको सो भवनको काम अहिले झण्डै ४० प्रतिशत पुरा भई सकेको छ ।

तर ठेकदारले भुतmानी भने ३० करोड मात्र पाएको छ । समयमा भुतmान नपाएको कारण ठेकेदार कम्पनीले वेलावेलामा काम रोकिदिने धम्कि दिन थालेका छन । तर नया उपकुलपति रौनियार भने आफुलाई यो ठेक्काले साह्रै अप्ठायारोमा पारेको वताउदै , कहावाट पैसा ल्याएर भुतmान गर्नु अव जस्ले ठेक्का लगाएको उसैले दिन्छ होलानी भन्नु हुन्छ ।

नया भीसीले यसो भन्नुको कारण वारे प्रतिष्ठानका कर्मचारीहरुलाई सोद्धा पुरानो भीसी वीपी दासले स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालय संग कुनै स्विकृति नलिईकन आफनो सिनेटको वैठकवाट ७६ करोडको वजेट पास गराएका रहेछन । आफुृ उपकुलपति वाट विदा लिनु पुर्व मोटो कमिशन खानकै लागी प्रतिष्ठान संग पैसा नहुदा नहुदै पनि हतारमा ठेक्का लगाएर हिडेका रहेछन ।

अढाई अर्व वजेटको ठेक्कामा पहिलो किस्ता स्वरुप डा दासले २० करोड मात्र भुक्तानि गरेको देखिन्छ । जुन २० करोड पनि प्रतिष्ठानका कर्मचारीको सचय कोषमा जम्मा गर्नु पर्ने रकम भएको कर्मचारीहरु वताउछन । नया भीसी आए पछि अर्थ मन्त्री संग हारगुहार गरेर थप १० करोड ठेकदारलाई भुक्तानि गरेको वताईन्छ । वाकि रकम कसरी तिर्ने भन्ने सम्वन्धमा प्रतिष्ठान संग अहिले सम्म कुनै योजना नभएको रजिष्टार श्रेष्ठ वताउछन ।

यता विभिन्न जालझेल गरेर रसुवालाई एकलौटि ठेक्का मिलाई दिए वापत डा दासले भने सुरुमै १५ प्रतिशत कमिशन ठेकदारवाट भुतmानी लिई सकेको ले
ठेकदार अहिले तालुमा हात राख्ने. अवस्थामा पुगेको कुरा ठेकदार निकट सुत्रहरु वताउछन ।

यता नेपाल सरकारको स्विकृति विना यति ठुलो रकमको परीयोजना शुरु गरेकोमा डा दास माथी अख्तियार र अर्थमन्त्रालयले चाडै नैे कार्वाहि थाल्ने जानकारी दिएको छ ।
यता रसुवा एण्ड शर्मा कम्पनीलाई हतारमा सेटिड मिलाएर अनियमिततवरले  ठेकका दिएकोमा सो ठेक्का वदर गर्न  अन्य ठेकदारहरुले सर्वोच्च अदालतमा मुद्धा समेत हालेको
छ । सो मुद्धा हारेमा निर्माणाधिन भवनको भविष्य के हुने हो कसैलाई थाहा छैन ।

दुई ठेक्का पनि अलपत्र :- डा दासले आफनो सहयोगी सिभिल ईन्जिनियर शुशिल कुमार झा मार्फत आफैले ठेक्का लिएको साढे सात करोडको होष्टल निर्माण र  र  १३ करोडको औषधी पसल भवन वनाउने कार्य पनि वजेटको अभावका कारण अलपत्र परेको छ । गत वर्ष उनी आफैले २ करोडको वजेटमा वनाउन लागेको फार्मेसी भवनको ठेकका रद्ध गरी फेरी  कमिशनको लागी १३ करोड वजेट वनाएर झा को कम्पनीलाई ठेकका पारी दिएका थिए ।

तर प्रतिष्ठान सग वजेट नभएर निर्माण कार्य रोकिए पछि शक्ती केन्दमा फोन गर्न लगाएर पैसा निकासा गराउन वर्तमान भिसीलाई दवाव दिन थालेको वताईन्छ । यता होष्टल निर्माणको लागी पनि  दासले आन्तरीक श्रोत वाट वजेट प्रयोग गरेका थिए तर अहिले वाकि पैसा दिन नसकेर त्यसको काम पनि रोकिन पुगेको कुरा डिपुटि रजिष्टार अमित श्री वास्तव वताउछन । सम्वन्धित मन्त्रालय वाट स्विकृति नेै नलिई धमाधम मनपरी ठेकका दिएका कामहरुमा प्रतिष्ठानले कसरी पैसा दिन सक्छर लेखा अधिकृतहररु वताउछन ।

अझ डा दासले आफु जाने वेलामा मुटु रोग सम्वन्धी उपचार केन्दको भवन निर्माणका लागी पनि विना वजेट टेण्डर गर्न लागेका थिए तर उनको पदावधि सकिएकोले त्यो गर्न पाएनन। अहिले आफु नभएकोले मुटु उपचार केन्द्र वन्न नपाएको भनि नया भिसीको वदनाम गराउन प्रचार गर्दै हिडने गरेको वताईन्छ।
 दास लाई क्वाटर वाट निकाल्न  सिडियो लाग्नु पर्यो
आफनो ५ वर्षे कार्यकालमा डा दासले कति सारो पदको दुरुपयोग गरेर  वसेका रहेछ भन्ने पछिल्लो उदाहरण उनलाई प्रतिष्ठानको भीभीआईपी क्वाटर वाट निकाल्न सुनसरी जिल्लाका सिडियोले नै पत्र लेख्नु परेको छ ।

उपकुलपति जस्तो मर्यादित पदवाट विदा लिन लाग्दा उनले आफनो साविकको वंगलावाट सरेर प्रोफेसरहरु वस्ने घरमा वस्नु पर्ने प्रावधान रहेको छ । तर उनले जानेवेला प्रतिष्ठानमा आउने अतिविशिष्ठ पाहुना वस्ने वंगला ओगटन पुगे । सो वंगलामा सर्नु अधि आफनो तजविजमा झण्डै २० लाख खर्च गरी रंगरोगन फर्निचर कार्पेट हाल्न लगाएका थिए ।

सो प्रतिष्ठानको भीभीआईपी वंगलामा वस्न उस्ले कार्यसमितिको वैठक वाट नै जवर्जस्ती पास गराएका थिए । तर सो वैठकमा रजिष्टार कुल वहादर श्रेष्ठले भने हस्ताक्षर नै नगरी हिडेको वताउछन । सिडियो वाट पत्र पाए पछि गत भाद्र २५ गते प्रतिष्ठानकै १५५ नम्वरको प्रोफेसर क्वाटरमा सरेका दासले भीभीआईपी क्वाटरको फर्निचर,ल्यापटप, मोवाईल,कडलेस लगायत थुप्रै सामानहरु भने अझै नवुझाई गायव  पारेको कर्मचारीहरु वताउछन ।

फार्मेसी विषयका प्राध्यापक रहेको दास हिजोआज आफनो विभागिय प्रमुखलाइृ समेत जानकारी नदिई काठमाण्डौमा वसेर प्रतिष्ठानलाई कसरी धरासाहि वनाएर उपकुलपतिको वदनाम गराउन सकिन्छ भन्ने षडयन्त्रमा लागेकोले आफुलाई अप्ठायारोमा पारेकोले उनका  विभागिय प्रमुख जीवी रौनियार दुखेसो पोखाउदै हिडने गरेका छन ।

दास कै कारण अख्तियार निर्देशकहरुको सरुवा
आफनो पद जोगान  राजनितिज्ञहरु जस्तै साम दाम दण्ड भेद अपनाउन खप्पिस डा दासकै कारण  अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुर्व क्षेत्रीय कार्यालय ईटहरीका दुई जना निर्देशकहरुको समय नपुगि सरुवा भयो भन्दा अपत्यारीलो कृुरा जस्तो लाग्न सक्छ तर कुरा सत्य हो ।

२०७२ सालमा पुर्वका अख्तियार निर्देशक  भएर आएका डुल्लुराज वस्नेतले दासको पालामा भएका आर्थिक अनियमितताको छानविन गर्न प्रतिष्ठानमा छापामारेर एक ट्रक कागज पत्र जफत गरेका थिए । त्यसको नतिजा स्वरुप दासले झण्डै ८ करोडको भ्रष्टचार गरेको विगो सहित केन्द्रमा कार्वाहिको लागी सिफारीस गरी फायल पठाएको थियो ।

 तर वस्नेतले फायल पठाएकको १ वर्ष विति सक्दा पनि केन्द्रीय कार्यालयले कार्वाहि अगाडि वढाउनुको सट्रा उल्टो तत्कालिन अख्तियारका प्रमुख लोकमान सिह कार्किले दास वाट ३ करोड खाएर वस्नेतलाई रातारात हेटौडा सरुवा गरी दिएका थिए ।

तर डुल्लु वस्नेत को नजिकको मान्छे पर्ने वर्तमान प्रमुख आयुक्त दिप वस्नेत आए पछि दासको फायल खोलिन्छ भन्नृे धेरैको विश्वास थियो । तर उनले पनि अहिल सम्म कुनै कार्वाहि गर्न नसक्नुले उनले पनि लोकमान सिहवाट भागवण्डा पाएको अख्तियार भित्रै ठुलो चर्चाको विषय वनेको छ ।

 डुल्लु वस्नेत हिडे पछि पुर्वको निर्देशक भएर ८ महिना अधि  प्रेम प्रसाद भट्राई आएका थिए । भटराई आउदा प्रतिष्ठानमा मातृशिशु अस्पताल भवन निर्माणमा भएका घोटला, डिजेल काण्ड लगाएत विधार्थी भर्ना काण्डको उजुरी परेको आधारमा छानविन थालेर कार्वाहिको लागी केन्द्रमा पठाएका थिए ।

यसै विच गत श्रावण १५ गते प्रेम भटराईले यस वारेमा डा दास उम्कन नसक्ने भनि एउटा अललाईन अखवारमा अन्तर्वाता दिएको पर्सि पल्ट नै उसलाई केन्द्रमा तानेको छ । भटराईलाई किन केन्द्रले रातारात सरुवा गर्यो भन्ने वारे यकिन नभए पनि यत डा दास भने आफुले सवैको मुख थुनिसकेको हुनाले यस्ता साना तिना हाकिमहरुले केहि गर्न नसक्ने वताउने गरेको उनका निकटवर्तीहरुले वताउछन ।

डा गोविन्द केसीको कारण  वीपीमा जा“चवुझ शुरु
 चिकित्सा क्षेत्रमा भएको अतियमितता विरुद्ध वसेको डा गोविन्द केसीको १०औ आमरण अनसनको १० सुत्रीय मागमा मध्ये धरान को वीपी प्रतिष्ठानमा डा दासले गरेको आर्थिक तथा शैक्षिक अनियमितताको छानविन गरी कार्वाहि गर्नु पर्ने पनि एक थियो ।

सोहि मागलाई पुरा गर्ने सिलसिलामा नेपाल सरकारले सर्वाेच्च अदालतका पुर्व न्यायाधित गौरी वहादुर कार्किको संयोजनकत्वमा प्रोफेसर  डा उपेन्द्र देवकोटा तथा शिक्षा मन्त्रालयका सह सचिव सुर्य प्रसाद गौतम सदस्य रहेको तिन सदस्यिय चिकित्सा शिक्षा जाचवुझ आयोगको गठन गरेको थियो । सो आयोग २ वर्ष सुतेर वसे पनि यस पटक भने गत हप्ता धरान आएर प्रतिष्ठानवाट सन २०१२ सालमा डा दासले एमविविएस विधार्थी भर्नामा प्रश्न पत्र आउट गरी  ठुलो आर्थिक चलखेल गरेको विषयमा सम्वन्धित आवश्यक कागजता र प्रश्न पत्रहरु पनि लिएर गएका छन ।

धरान आएका आयोगका संयोजक कार्किले प्रतिष्ठानले तत्कालिन अवस्थामा लिएको परीक्षामा भएको यथार्थता र देशका अन्य स्थानमा भएका त्यस्तै विषयको समेत छानविन गरी सत्य तत्य सहित सरकारलाई प्रतिवेदन वुझाउनका लागी आफुहरुले ती महिनाको  समय पाए अनुरुप वीपी प्रतिष्ठानको कागजात लिएको पत्रकारहरुलाई जानकारी गराएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.