झापा-असोज १ गते । रातो तारा डट कम,एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराई निलम्बनमा परेका छन् ।
कार्यालय प्रमुख चुनावमा खटिएका बेला लेखा अधिकृत भट्टराईले ९२ लाख ३ हजार १६३ रुपैयाँ सरकारी कोषमा दाखिला नगरेकोले निलम्बन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
पटक/पटक ताकेता गर्दा पनि आलटाल गरेपछि उनलाई निलम्बन गरिएको र थप छानविन गरी कारबाही गर्न अख्तियारमा पठाइएको विभागले जनाएको छ ।
Post a Comment