Websoft University

केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा आउने

बिराटनगर भदौ १६ गते । रातो तारा डट कम,
नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई नाका खुलाउन सरकारले गरेको दुई साता नबित्दै चीनले केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याएको छ । केरुङलाई अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालनमा ल्याइएको घोषणा बुधबार लहासामा गरिएको हो ।

               (डिडिसी दूध नै सधै प्रयोग गरोै)

रसुवा भन्सार कार्यालयका प्रमुख केदारप्रसाद पनेरुले केरुङलाई चीनले अन्तर्राष्ट्रिय नाकाका रुपमा सञ्चालन घोषणा गरेको बताए । उनले भने, ‘यो निर्णय भदौ १६ देखि लागू हुनेछ । यसले यो क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्नेछ ।

   (दुन्ध बिकास सस्थान, बिराटनगर दूध बितरण आयोजना        बाट उत्पादित दूध,दही,घ्यू,मखब,मिठाइ,सधै प्रयोग गरोै)

चीनले नेपालसँग सीमा जोडिएको नाकालाई अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषणा गरेको यो पहिलो हो । नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तरोन्नती गरिएकोछ।



जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदुत गोविन्दबहादुर कार्कीको उपस्थितीमा ल्हासामा एक पत्रकार सम्मेलनको अयोजना गर्दै रसुवागढी केरुङ नाकालाई बुधबारदेखि अन्तर्राष्ट्रिय नाकाको रुपमा स्तारोन्नती गरिएको घोषणा गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.