विराटनगर असोज ५ गते । रातो तारा डट कम,
मोरङलाई माछामा आत्मनिर्भर बनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत जिल्लालाई माछामा आत्मनिर्भर बनाउन लागिएको हो ।
आत्मनिर्भर बनाउनका लागि माछा जोन क्षेत्रलाई विस्तार गर्ने तयारी भएको कृषि राज्यमन्त्री सरिता प्रसाईले जानकारी दिनुभयो । मन्त्रालयले क्षेत्रफल विस्तार गरि माछा उत्पादन वढाउने योजना अघि सारेको राज्यमन्त्री प्रसाईले बताउनु
भयो ।
मोरङको कटहरीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा आयोजित कार्यक्रममा राज्यमन्त्री प्रसाईले माछासँगै दानामा पनि आत्मनिर्भर बनाउने योजनालाई प्रभावकारी कार्यन्वयनमा लैजान प्रयास गरेको बताउनुभयो । उहाँले परियोजनाको निरिक्षण, माछा जोनका सञ्चालक समितिसगँ परामर्श तथा सुझाव संकलन गर्नुभएको छ ।
सो अवसरमा उहाँले परियोजनालाई १÷१ थान स्काभेटर र मिनिट्रक समेत प्रदान गर्नुभयो । कार्यक्रममा मोरङ, झापा र सुनसरीका माछा किसानहरुले बाढीले पुयाएको क्षतिवारे राज्यमन्त्री प्रसाईलाई अवगत गराएका थिए ।
कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका निर्देशक हस्तबहादुर विष्ट, परियोजना प्रमुख प्रमोद रिजाल, परियोजना सञ्चालक समितिका संयोजक योगेन्द्र मण्डल लगायतको सहभागिता रहेको थियो ।

Post a Comment