काठमाडौ, असोज ७ गते । रातो तारा डट कम,
प्रधानमन्त्री मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका दुईवटा सुनका सिक्री, पाँच तोलाको ब्रासलेट, चार तोलाको हीरा, पन्ना रुवी र मुगाजडित औंठी रहेको छ। प्रधानमन्त्री देउवाको नाममा एभरेस्ट बैंकमा जम्मा १६ लाख ५० हजार नगद छ। उनको नाममा सेयर र सवारीसाधन देखाइएको छैन। अन्य सम्पत्ति देखाएनन्।
देउवाले बूढानीलकण्ठस्थित घर र जग्गाको विवरण भने लुकाएका छन्। भ्रष्टाचार निवारण ऐन २०५९ मा प्रधानमन्त्री तथा मन्त्रीहरूले आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण तोकिएको निकायमा बुझाएर सार्वजनिक गर्नुपर्ने प्रावधान छ। प्रधानमन्त्री देउवाले पेस गरेको सम्पत्ति विवरणमा देउवाका पिता प्रसादसिंह देउवाको नाममा डडेलधुराको असीग्रामलगायत विभिन्न स्थानमा ५६ रोपनी १७ आना र कञ्चनपुरको कृष्णपुरमा सगोलमा १० बिघा जग्गा रहेको छ।
त्यसैगरी गोपाल मान श्रेष्ठले आफ्नो पूरा सम्पत्ति देखाएनन्।
कार परिवर्तन हुँदा प्रायः मन्त्री हुन नछुट्ने गच्छदारको सुनसरी दुहवी नपामा २-७ वर्गमिटरमा रहेको २ कोठाको टिनको छाना भएको पक्की घर, श्रीमती निर्मलाको नाममा विराटनगर महानगरपालिका-१५ हाल ११ जनपथमा दुईतले पक्की घर छ। त्यसैगरी, ७५ तोला सुनका धनी गच्छदार र उनकी श्रीमतीको नाममा दुहबी, विराटनगर, ललितपुरको बुङमतीलगायत विभिन्न स्थानमा जग्गा-जमिन रहेको विवरणमा उल्लेख छ। गच्छदार दसरले पनि पूरा सम्पत्ति
देखाएनन्।
Post a Comment