रबिन्द्र बराल रंगेली,माेरङ भदौ २० गते । रातो तारा डट कम, माेरङकाे पथरीशनिश्नचरे नगर सभा सम्पन्न गरि अाथिक बजेट सार्वजनिक गरेकाे छ । साेमबार बसेकाे नगर सभा सम्पन्न बाट पास भएकाे नीति र बजेट मंगलबार पत्रकार महासंघ माेरङकाे सम्पर्क कार्यलय पथरीशनिश्चरेमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएकाे छ ।
माेरङमै पहिलाे नगरसभा गरी बजेट पनि सार्वजनिक गरि सम्पन्न गर्ने पहिलाे नगर बनेकाे छ । नगर सभाकाे पहिलाे अार्थिक बजेट पथरीशनिश्चरे नगरका प्रबक्ता यम गुरगाईले उक्त बजेट प्रस्तुत गर्नु भएकाे थियो । सभामा अार्थिक बर्ष २०७४/७५ काे कुल खर्च ५५,४४,५९,६५८ अनुमान गरेकाे
छ । जस्मा अान्तरिक अाम्दानी तर्फ रु २,१७,३०,००० प्रतिबेदनमा प्रस्तुत गरिएकाे छ । पुजिगत खर्च तर्फ २६,६५,१९,३५९ छ भने प्रसासनिक चालू खर्च तर्फ २८,७९,४०,२९९ देखाईएकाे छ ।
नगरले पुर्वाधारकाे बिकास,सेवा प्राप्तिमा सर्वसुलभता,नगर प्रतिकाे अाम जनातकाे अाश्तालाई बृद्घि,र नगरबासीकाे अार्थिक र सामाजिक अवस्था सुधार र लक्षित बर्गमा सशक्तिकरण, चालू बजेटको उदेश्यमा राखेकाे छ ।
नगरले पहिलाे प्राथमिक्तामा सडक निर्माण, कृषि,पर्यटन, वातावरण, राेजगारी, सुरक्षा भत्ता बितरण, सेवामा प्रभावकारी, सुरक्षामा जाेड र संस्थागत क्षमतामा वृद्घि रहेकाे छ ।
१०९ बुदाकाे कार्यनिती बनाएकाे नगरले अल्प नीति र बजेट तर्जुमा गरेकाे देखिन्छ । बजेट तथा नीतिका जिज्ञासामा अधिकृत कुमार काेईरालाले र मेयर दिलिप कुमार राईले प्रस्ट्यउनु भएकाे थियाे ।
Post a Comment