विराटनगर, असोज ५ गते । रातो तारा डट कम,
मोरङको कानेपोखरी गाउँपालिका ३ हरकपुरको एउटा घरमा भएको आगलागीमा जलेर एकै परिवारका चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज विहान अन्दाजी २ बजेतिर काठले सेन्टीबेरा गरिएको दुई तले घरमा सल्किएको आगोले घर भित्र सुतिरहेका सबैको ज्यान लिएको प्रहरीले जनाएको छ ।
आगोले जलेर ५६ वर्षीय चन्द्रकुमार राई, ५० वर्षीय पार्वता राई, ४५ वर्षीय विष्णुकुमारी राई (तामाङ) र ८५ वर्षीय गंगामायाँ राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका नायव निरीक्षक राजकुमार बस्नेतले बताउनु भयो । आगो नियन्त्रणमा लिनका लागि इटहरी, विराटनगर र दकमबाट दमकल घटनास्थलमा पुगेका थिए । चन्द्रकुमारको घर आगोले खरानी भए पनि वरपरका घरमा भने कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ । आगो विहान ६ बजे मात्रै नियन्त्रणमा आएको थियो । घर सहित घरमा रहेका खाद्यान्न, लत्ताकपडा, जिन्सी सामान, रकम, भाडाँकुडा र पसलका सबै सामान आगोले पूर्ण रुपमा जल्दा एक करोड बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ चारवटै शवको पोष्टमार्टम मंगलबारे अस्पतालमा गरेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।

Post a Comment