काठमान्डौँ असोज १ गते । रातो तारा डट कम,
कम्युनिटी मेडिसिनमा विभिन्न बिश्वबिध्यालयहरुबाट बिशेषज्ञता हासिल गरेका कम्युनिटी फिजिसियन,जनस्वास्थ्य र महामारीरोग बिशेषज्ञ चिकित्सकहरुको संस्था नेस्कम अथार्त नेप्लिज सोसाइटी अफ कम्युनिटी मेडिसिनको प्रथम राष्ट्रिय कम्युनिटि मेडिसिन सम्मेलन (कनकम)काठमाडौँमा सम्पन्न भएको छ।
उक्त सम्मेलनले प्रा. डा. निलाम्बर झाको अध्यक्षतामा पहिलो निर्बाचित कार्यसमिति पनि गठन गरेको छर गठित कार्यसमितिमा डा. गजानन्द भण्डारी उपाध्यक्ष, डा. प्रनिल मान सिंह प्रधान महासचिव र डा. आभा श्रेष्ठ कोषाध्यक्ष चुनिएका छन्। यसैगरी कार्यसमिति सदस्यहरुमा प्रा. डा. अनुप घिमिरे, डा. जगदिश चटौत, डा. विजय खनाल, डा. सूर्य पराजुली र डा. पार्थ गुरागाईं रहेका छन्।
नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साईन्समा सम्पन्न उक्त सम्मेलनको उदघाटन स्वास्थ्य मन्त्रालयका निमित सचिब डा. पुष्पा चौधरी गर्नु भएको थियोर कार्यसमितिको पूर्व अध्यक्ष प्रा. डा. लोचना श्रेष्ठले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा इन्स्टिच्युट अफ मेडिसिनका डीन प्रा. डा. जगदीश अग्रवाल, काठमाडौँ विश्वविद्यालयका डीन डा. राजेन्द्र कोजु, नेपाल आर्मीका मेजर जनरल डा. नरेश कुमार गिरी तथा डा. बच्चुराम केसी लगायतले कम्युनिटी मेडिसिनको बढ्दो महत्वको बारेमा स्पष्ट पार्नुभएको थियोर प्रा. डा. महेश कुमार मास्केले पहिलो नेस्कम ओरेसन दिनुहुदै कम्युनिटी फिजिसियनहरुले आगामी दिनमा देशको स्वास्थ्य क्षेत्रमा थप काम गर्नुपर्ने बताउनुभयोरबिशिष्ट अथितिको रुपमा राष्ट्रिय बैकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युबराज खतिवडाले दिगो बिकाश लक्ष्य प्राप्तिको लागि सबैले हातेमालो गर्नुपर्ने बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो।
पहिलो चोटी कम्युनिटी मेडिसिनमा बिशेषज्ञता हासिल गरेका चिकित्सकत्रय प्रा. डा. निलाम्बर झा, प्रा. डा. पारस कुमार पोखरेल तथा प्रा. डा. लोचना श्रेष्ठलाई बिशेष सम्मान अर्पण गरिएको सम्मेलनमा करिब २०० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।
आफुले गरेका बिभिन्न अनुसन्धानहरुको कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा डा. रेशु अग्रवालले बेस्ट ओरल तथा डा. धर्ति जोशीले बेस्ट पोस्टर अवार्ड प्राप्त गर्नुभएको थियोर कार्यक्रमको समापन गर्दै डा. ली बुढाथोकीले सबैलाई हार्दिक धन्यवाद दिनु भएको थियोर आजको वर्तमान नेपालको स्वास्थ्य अवस्थामा गुणस्तरीय र प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रबाह गर्नु, महामारी तथा प्राकृतिक प्रकोपवाट हुने मानबिय क्षतिको न्यूनीकरण गर्नु, जनसंख्या ब्यबस्थापन गर्नु, स्थानीय र ग्रामिण भेगसम्म स्वास्थ्य सेवा पु–र्याउनु, नँया रोगहरुको वैज्ञानिक ढंगले अनुसन्धान गर्नु जस्ता चुनौति रहेको वर्तमान अवस्थामाकम्युनिटी फिजिसियनहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्ने सहभागीहरुले बताउनुभयो।
Post a Comment