रबिन्द्र बराल-रंगेली भदौ २१ गते । रातो तारा डट कम,
लामो समय देखी बाटोको कारण पीडित बन्दै आएका स्थानिय मोरङको रतुवामाई नगरपालिका –१ कुटुमगञ्ज– कल्याणपुरका स्थानीयबासिन्दाहरु सो बाटो बनेपछि त्यस क्षेत्र का सर्वसाधारण हरु लाभान्वित हुने भएका छन् ।
सडक डिभिजन कार्यालय मोरङले कुटुमगञ्ज– कल्याणपुर १२ किलो मिटर सडक कालो पत्रे गरिदिने भएको छ।
मङगलबार एक कार्यक्रम बीच रतुवामाई नगरपालिकाको मेयर रविन राईले विधिवत रुपमा सडक निमार्ण कार्यका लागि पुजाअर्चना गरि शिलान्यास गर्नुभएको छ ।
सडक डिभिजनको २८ करोडका लागतमा नाला, कलर्भट सहित कालोपत्रे सडक बनाउने गरी रमन देवेन सयर भुमी जेभी विराटनगरले ३ वर्ष भित्रमा निर्माण गर्ने गरी असार २७ गते देखी ठेक्का लिएको इन्जिनियर सोनल बासकोटाले बताए।
त्यस क्षेत्रका करिव १ हजार बढी परिवार लाभान्वित हुने भएका छन् ।
Post a Comment