विराटनगर,असोज २ गते । रातो तारा डट कम,
मोरङको पथरी शनिश्चरे – ९ मा पथरी एफेम ९५ दशवलप ८ मेघाहर्ज हिजो बाट सञ्चालनमा आएको छ । शनिश्चरेमा आइतार एक कार्यक्रम आयोजना गरि सो एफेम सञ्चालनमा आएको हो ।
एफेमको उद्घाटन गर्दै संसद चण्डी राईले संचार माध्यमहरु सञ्चालन गर्न चुनौति रहेपनि सबैको साथ सहयोगमा ग्रामिण भेगबाट सञ्चालनमा आएको एफेम जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले ग्रामिण क्षेत्रको सूचना प्रभाव गर्न यस्तो सञ्चारमाध्यमहरुको भूमिका अपरिहार्य रहने बताउनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका सचिब बिबेक गौतमले मोफसलमा रहेर एफेम सञ्चलान गर्न चुनौतिपूर्ण रहेपनि सबैको साथ सहयोग र औसला प्रदान गर्न सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष कुमोद अधिकारी ग्रामिण क्षेत्रबाट स्थानिय स्थतरको घटन सम्प्रेशरण गर्न यस्तो सञ्चार माध्यमहरुले अहम भूमिका निवार्ह गर्ने बताउनुभयो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाको उपमेयर यामुना विष्ट, प्रशिक्षक रामप्रसाद खरेलल, बुद्ध माविको प्रचार्य बोदराज सिग्देल, शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हेमभक्त गुरुङ, मनोकामना साकोसका अध्यक्ष युवराज भट्टराईलगायतले एफेमको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा आधरभूत तालिम दिएका प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको थियो । एफेमले सञ्चालन गरेको तालिममा ४५ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानिय गायक तथा कलाकाहरुको प्रस्तुतीले कार्यत्रम थप आकर्षण बनेको थियो ।
Post a Comment