Websoft University

बिराटनगर वडा नं ११ का ५ जना जेष्ठ नागरिक सम्मानित भए


बिराटनगर,असोज ६ गते । रातो तारा डट कम,अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा,बिराटनगर महानगरपालिका वडा न ११ को सहकार्यमा आज जेष्ठ नागरिक जिल्ला संघ मोरङले वडा नं ११ मा जेष्ठ नागरिक भेलाको आयोजना गरेको थियो ।


जेष्ठ नागरिक वडा भेलाका प्रमुख अतिथि बिराटनगर महानगरपालिकाका उप मेयर इन्दिरा कार्की, लगाएत ले
६० वर्ष माथिका जेष्ठ नागरिकहरू दिन बन्दु गोयल, यादव नरसिंह कार्की,भवानी श्रेष्ठ,केदार मान अमात्य,साहाजाक सेक, समेत ५ जनालाई दोसल्ला ओडाएर फुलको माला र गुच्छा दिएर सम्मान गर्नु भएको थियो ।

सम्मा पछि उप मेयर कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले भन्नु भयो, जेष्ठ नागरिकहरु भनेका अभिभावकहरु भएकाले उनिहरुको सम्मान गर्नु हाम्रो कतव्य हुन आउछ भन्नु
भयो ।

जेष्ठ नागरिक वडा भेलाका अध्यक्ष तथा बिराटनगर महानगरपालिका वडा नं ११ का पनि अध्यक्ष तिथेन्द्र न्यौपानेले भेलामा उपस्थित जेष्ठ नागरिकहरुलाई सम्बोधन गदै भन्नु भयो - हामीले वडा नं ११ मै आमा बुबाहरुलाई सम्मान गर्न पाउदा ज्यादै खुसिलागेकाछोै, र सम्मान  हुनु पर्छ क्रमैसङ सबैको सम्मान हुनेछ यो कार्यक्रम आयोजक संस्थालाई धन्यवाद दिन चाहान्छु भन्नु भयो ।

भेलामा जेष्ठ नागरिक मोरङ जिल्ला संघका अध्यक्ष जगत प्रसाद अर्याल र सम्मानिहरुका तर्फबाट एक जनाले समेत कार्याक्रमलाई सम्बोधन गर्नु भएको  थियो । कार्यक्रममा बिभिन्न वक्ताहरुले आफना धारणाहरु राख्नु भएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष खगेन्द्र निरौलाले स्वागत मनतव्य राख्नु भएको थियो-भने संघका सचिव यज्ञेश्वर निरौलाले उदघोषण गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा ११ सदस्य जेष्ठ नागरिक वडा समिति गठन भएको लक्षमण कोइरालाले जानकारी दिनु भएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.