Websoft University

एउटै नगरपालिकामा दुई ठाउँ बाट फुलपाती


रबिन्द्र बराल रंगेली ,माेरङ असाेज ७ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको  श्री संसारीमाई मन्दिर र रंगेली बजारकाे मुख्य   बजारमा अवस्थित काली मन्दिरमा प्रत्येक बर्षझै यस वर्षको नवरात्रीको फुलपातीका दिन धुमधामका साथ रंगेलीमा भब्य रुपमा फुलपाती भित्रयाइने कार्यक्रम हुने भएको छ । असाेज ११ गते बुधबारका दिन यि दुबै स्थानमा फुलपाती भित्र्याउने काम हुनेछ।

११ गते विहान श्री संसारीमाई स्थानबाट स्थानिय विभिन्न सामाजिक संघ संस्था तथा विभिन्नजात जातिका झाकीहरु सहित डोली रंगेली नगर परीक्रमा गरिने मन्दिरका अध्यक्ष संजिव श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी दिउसोकाे समयमा रंगेली नगरपालिकाबाट स्थानिय सामाजिक संघ संस्था, नागरिक समाज, राजनैतिक दल, जनप्रतिनिधीहरु लगायतका अन्य विशीष्ट ब्यक्तीहरु तथा सर्वसाधारणहरुको समेत भब्य समूपस्थीतीमा फुलपाती बढाई समाहरोह हुने भएको छ ।

 ईलाका प्रहरी कार्यलय काे परिसरमा रहेकाे काली मन्दिर   हुदै रंगेली चौक स्थित रहेकी प्राचिन काली मन्दिरमा फुलपाती बढाई हुने रंगेली नगरपालिका कार्यकारी अधिकृत लक्ष्मी रेग्मीले जानकारी दिनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.