रबिन्द्र बराल रंगेली,मोरङ,भदौ २१ गते । रातो तारा डट कम,मोरङको रंगेली नगरपालिका ७ मा अव्यवस्थित रहेको अस्थायी ट्राफिक चेकपोष्टले बुधबार रंगेली नगरपालिका ४ स्थित गणेश माध्यमिक बिधालय चोप्राहामा ट्राफिक नियम संम्धित जनचेतना मुलक कार्यक्रम गरेको छ ।
सो बिधालयका कक्षा ९ र १० का ६० जना छात्र ,छात्रा हरुलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम गरेको हो। उक्त कार्यक्रममा अस्थाई ट्राफिक चेक पोष्ट रंगेली का प्रमुख दिनेश चौधरी,ट्राफिक हेमराज पौडेल,नबराज भट्टराई ले बिध्यार्थि हरुलाई सडकमा कसरी हिड्ने र जथाभावी बाटो काटन नहुने कुरामा जानकारी गराएका थिए ।
अहिलेसम्म बाटो काटन नजानेर बालबालिका हरुको मृत्यु समेत भईरहेको समेत सो सचेतना कार्यक्रममा जानकारी गराएका थिए । ट्राफिक जनचेतना कार्यक्रममा बिधालयका प्राध्यापक ,शिक्षक, हरुको समेत सहभागी रहेको थियोे ।
Post a Comment