बिराटनगर भदौ २२ गते । रातो तारा डट कम,मोरङको गछिया खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी बालुवाको उत्खनन र निकासीमा प्रहरी संलग्नता रहेको समाचार आएपछि स्थानीय प्रहरी प्रशासनले अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले गछिया प्रहरी चौकीका हवल्दार सीताराम कोइरालालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको हो ।
मोरङका प्रहरी उपरीक्षक अरुण बीसीले गछिया खोलाबाट अवैध रुपमा ढुङा, गिट्टी र बालुवाको अबैध ब्यापारलाई प्रहरीले संरक्षण गरेको घटनाबारे हवल्दार कोइरालालाई नियन्त्रणमा लिएर छानविन थालिएको जानकारी दिए ।
गछिया प्रहरी चौकीमा कार्यरत हवल्दार कोइरालालाई बुधबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको र आज थप अनुसन्धानका लागि जिल्ला ल्याइने प्रहरी उपरीक्षक बीसीले जानकारी दिए । स्रोत अनलाइन खबर
Post a Comment