Websoft University

उर्लाबारीको बजेट रु ४८ करोड


उर्लाबारी असोज १ गते । रातो तारा डट कम,उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले
 चालू आव २०७४-७५ का लागि रु ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको छ । 

नगरसभाले यस वर्ष नगरपालिकाका नौवटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघिबढाउने गरी बजेट पारित गरेको नगर प्रमुख खड्ग फागोलेजानकारी दिनुभयो । नगरसभाले भौतिक पूर्वाधार निर्माणलाईप्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख फागोले प्रत्येक वडालाई रु एक एक करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार विनियोजित बजेटमा ६५ प्रतिशत भौतिक निर्माणमा खर्च गरिनेछ ।

चालू आवको बजेटमा आन्तरिक आम्दानीबाट रु दुई करोड २५ लाख, राजश्व बाँडफाँटबाट रु २१ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट करिब रु १० करोड १५ लाख, सडक बोर्डबाट रु १७ लाख, सामाजिक सुरक्षातर्फ रु नौ करोड ७० लाख, एलजिसिडिपीतर्फ रु ११ लाख ५६ हजार, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानतर्फ रु २२ करोड ७० लाख र गत आव २०७३÷७४ बाट मौज्दात रहेको करिब रु दुई करोड ७६ लाख आम्दानी हुने बताउनुभयो ।

नगरसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, आर्थिक कार्य्विधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, नगरपालिकाको बैठक सञ्चालनसम्बन्धी कार्य्विधि, कार्यसम्पादन नियमावली, कार्य्विभाजन नियमावली, नगर सभा सञ्चालन कार्य्विधि, निर्णय तथा अधिकारपत्रको प्रमाणीकरण कार्य्विधि र पदाधिकारीको आचारसंहित पारित गरेको छ ।

नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीको संयोजकत्वमा निरोज तिम्सिना र शोभितमाया तामाङ सदस्य रहने गरी न्यायिक समिति गठन गरिएको छ । नगरपालिकाको प्रेस संयोजकमा भने नगर प्रमुख फागोले पत्रकार ईश्वर भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.