विराटनगर,भदौं २० गते । रातो तारा डट कम,
एघारौं राष्ट्रिय मानव वेचविखन विरुद्ध विराटनगरको रानीमा आज विहान एक ¥यालीको आयोजना गरियो ।
सो क्षेत्रका विद्यार्थी शिक्षक,प्रहरीलगायतको सहभागिता रहेको सो ¥यालीमा ‘हामी सवैको साझा अभियान,मानव वेचविखनमा पूर्ण विराम’लगायत व्यानरसहित नारा लगाउँदै संक्षिप्त सभामा परिणत भएको थियो ।
सो अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै मानव वेचविखनविरुद्ध समाजमा चेतना जगाउनुका साथै खासगरी महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले मानव वेचविखनलाई नियन्त्रण गर्नका लागि महिलाहरु शिक्षित र रोजगारीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिँदै समाजमा देखिएका यस्ता विकृतिलाई रोक्नका लागि समाजलाई जागरुक हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
प्रजिअ रामप्रसाद आचार्यले मानव वेचविखनका घटनाहरु रोकथामका लागि सुरक्षाकर्मीहरु सक्रियताका साथ कार्य गरिरहेको र यसको नियन्त्रणका लागि समाजका सवै वर्गलाई एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
सो अवसरमा महिला तथा वालविकास कार्यालयका अधिकृत दूर्गा भण्डारी,वरालले मानव वेचविखन एक विकराल समस्या रहेको र यो समस्याको समाधानका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उक्त अवसरमा गत आवमा विराटनगर नाका भएर भारततर्फ गइरहेका १२६ जनालाई माइती नेपालले उद्धार गरेको थियो सोमध्ये ४४ जना मोरङको रहेको सो अवसरमा जानकारी गराइएको थियो । र

Post a Comment