बिराटनगर,असोज २ गते । रातो तारा डट कम,नेपाल स्काउट जिल्ला तथा क्षेत्रीय कार्यलय ‘ज्याम्वोरेट‘ २०७४, संयोजक नवल प्रसाद उपाध्यायले आज बिराटनगरमा पत्रकार सम्मेलनमा प्रेस विज्ञाप्ति प्रकाशित गरेर ३५ जिल्लाका १५ वर्ष उमेर समुहका अन्नपुर्ण व्याज प्राप्त करिव तीन हजार सरकारी निजि बिधालयका स्काउट बालबालिका बिराटनगरमा उतार्ने भएकोे कुराको जानकारी गराइएकोछ ।
यो स्काउटहरुको सम्मेलन वा ज्याम्वोरेट प्रत्येक ५-५ वर्ष हुनु पर्ने भए पनि करिव २० वर्ष पछि बिराटनगरमा हुन लागेकोछ, पहिला धरान, दोस्रो, इाापा, तेस्रोमा बिराटनगरको महेन्द्रमोरंग क्याम्पसमा प्रागर्णमा असोज २६ देखि ३० गते सम्म हुन लागेकोछ ।
यो एउटा नितान्तै सामाजिक सेवामुल संस्था भएकाले बिगतमा भएको बाढी डुवानका बेला निकै ठुलो सेवा गरेको स्वास्थ्यको क्षेत्रमा पनि बिराटनगरका बिभिन्न ठाउँहरुमा सिविर चलाएर पीडितहरुको सेवा गरेको थियो ।
स्काउटको कुरा गर्दा सेवामुलक संस्था हो यो नेपालमा २००९सालमा स्थापना भएको थियो र २००७, साल ५० साल ५१ सालमा यसले स्कुलिङको क्षेत्रका निकै व्यापकता पाएको भनिएको थियो र मोरङमा चै २०३२ सालमा मात्र स्थापना भएको हो भनिएकोछ ।
बिराटनगरमा आयोजना हुन लागेको नेपाल स्काउटहरुको भेलामा बालबालिकाहरु संम्बन्धि चालिस प्रकारका प्रतिभाहरुलाई प्रस्तुत गरिने भएकोछ ।
ज्याम्वोरेटका संयोजक नवल प्रसाद उपाध्यायायले कार्यक्रममा बोल्दै भन्नु भयो अहिले प्रमुख अतिथिको टुङ्घोनलागेकाले यहाँ उल्लेख नभएको र यो आयोजन गर्न करिव २५ लाख खर्च हुने अनुमान गरिएको त्यो सबै सरकार संघ संस्थाहरु र सहयोगीबाट जुटाइने भएको जानकारी गराउनु भयो ।
त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका सभापति बन्धु पोखरेलले आफना कुरा हरु राख्दै बिराटनगरमा हुन लागेको स्काउटहरुको कार्यक्रमले सफलता पावस भन्नु भयो ।
कार्यक्रम आयुक्त प्रदिप कुमार बिश्वासले उदघोषण गर्नु भएको थियो ।
Post a Comment