रबिन्द्र बराल रंगेली माेरङ असाेज २ गते ।
रातो तारा डट कम,२०७४/०७५ को अार्थिक बजेट सार्वजनिक गरेको छ । सुनबर्सी नगरपालिकाले आफनो ३७ करोड ६० लाख रुपैया बराबरको कार्यक्रम सहितको निती तथा कार्यक्रम पहिलो चोटि सार्वजनिक गरेको हाे ।
पुर्वाधार विकासमा सडकलाई मुख्य प्राथमिकतामा राखेको
छ। त्यसैगरी सिचाई आर.सी.सी. कलभट एम्बुलेन्स तथा बाढी तटबन्ध लगायतकाे योजनाहरुलाई बिशेष महत्वमा राखेको छ ।
कृर्षि सिचाई तथा विद्युत लाइन विस्तारमा गर्नका लागि २ करोड आर.सी.सी.कलभट निर्माणका लागी १ करोड ३५ लाख रकम बिनियोजन गरेको छ। त्यसैगरी नगर क्षेत्र भित्र सुदृढ बस पार्क निर्माणका लागि ४५ लाख बिनियाेजन गरेको छ ।
ल्याण्ड फिल्ड ,साइड निर्माण , एम्बुलेन्स खरीद तथा बर्थिङ सेन्टर स्थापना बक्राहा खोला, डास खोला, मरीया खोला, तटबन्ध निर्माणका लागि १ करोड बिनियोजन गरेको
छ ।
चालु आर्थिक वर्षको लागि पुजिगत खर्च तर्फ २२ करोड ३४ लाख बजेट छुटयाइएको छ, भने चालु खर्च १५ करोड २५ लाख छुटयाइएको उपमेयर मञ्जु राईले सभामा सार्वजनिक गर्नुभएको थियो ।
सभालाई नेपाली काग्रेसका नेता महेश आचार्याले एक समाहरोहका बीच समुदघाटन गर्नुभएको थियो ।
सभामा रतुवामाईका मेयर रविन राई, पुर्व गा.वि.स.अध्यक्ष जविर मिया, मोरङ काग्रेस नेता गोपालमान सिंह राज भण्डारी, संघिय समाजवादी का मोरङका नेता शिसुपाल यादव लगायतले निज कार्यक्रमको बारेमा चर्चा गर्नु भएको थियो ।
सभा सुनवर्सी न.पा. का मेयर काली प्रसाद दासको सभापतित्व सम्पन्न भएको थियो ।
Post a Comment