काठमाण्डौ भदौ १८ गते । रातो तारा डट कम,सुन्दर पर्यटकीय नगरी पोखराका पर्यटनसँग सम्बन्धी विभिन्न क्षेत्रका महिलाहरुले महिला पर्यटन मञ्च गठन गरेका छन् ।
आफ्नो नेतृत्व र व्यक्तित्वको विकास गरी आफ्नो पहिचान बनाऔं भन्ने उद्देश्यका साथ उनीहरुले मञ्च गठन गरेका हुन् ।
पर्यटन क्षेत्रमा आफ्नो समयको ७० प्रतिशत भन्दा बढी समय दिइरहेका महिला दिदीबहिनीहरु मिलेर संस्था स्थापना गरेको उनीहरुले जनाएका छन् ।
होटल, रेस्टुरेन्ट, ट्राभल्स ,ट्रेकिङ मनी चेञ्जर पाराग्लाइडिङ ट्रेकिङ सप,बुक सप गार्मेन्टस लगायत पर्यटनसँग सरोकार राख्ने सँस्थाहरुमा काम गरिरहेका महिला दिदीबहीनहरु मिलेर सँस्था स्थापन गरेको संस्थाकी सदस्य शर्मिला न्यौपाने दाहलले बताइन ।
सस्थाको अध्यक्षमा जमुना पराजुली, उपाध्यक्षमा पार्वता पाण्डे, र रेनु थापा, सचिवमा उमा भण्डारी, सहसचिवमा ममता न्यौपाने, कोषाध्यक्षमा कान्ति अधिकारी र सहकोषाध्यक्षमा लक्ष्मी लामिछाने चयन भएका छन् ।
यस्तै सदस्यहरुमा शर्मिला न्यौपाने, प्रभा सुवेदी, उमा काफ्ले, नितु थापा, मुना पौडेल, मञ्जु कार्की, माया सुवेदी, भावना रानाभाट, शारदा भुजेल र कमला गुरुङ चयन भएका छन् ।
मञ्चको बरिष्ट सल्लाहाकारमा वरिष्ठ पर्यटन व्यावसायी देबका पहारी, सीता पहारी, पम्फा पहारी , लक्की क्षेत्री र गोमा ढकाल रहेका छन् ।
Post a Comment