Websoft University

रातोमाटो आयस्रोतको माध्यम बन्दै


म्याग्दी-बेनी, असोज १६ गते । रातो तारा डट कम,
म्याग्दी जिल्लाका बेनी नगरपालिका–१ ढाँडथरमा बसोबास गर्दै आएका विपत्र घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् ।

आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् ।

रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु।८० देखि रु।एक सयसम्ममा बिक्री गर्ने गरेको बताउनुभयो ।

त्यस्तै घर खर्च टार्न र बालबालिकालाई पढाइ खर्च जुटाउनका लागि पनि सहज भएको रातोमाटो बिक्री गर्दै आएका ढाँडथर निवासी कृष्णवहादुर विक बताउछन् ।

‘दिनभरी रातोमाटोको खाल्डोमा बसेर रातोमाटो निकाल्छौँ र स्थानीय बजारमा ल्याएर बिक्री गर्छौं, आम्दानी पनि राम्रै छ’, रातोमाटो बिक्री गर्ने क्रममा म्याग्दी सदरमुकाम आइपुगेकी हुँ मिना रामदाम भन्नुहुन्छ ।

रातो माटो निकाल्ने ठाउँमा नै आउने ग्राहकलाई रु।२० मा र बाहिर लगेर विक्री गर्दा प्रतिपाथी रु ८० देखि एक सयमा विक्री हुने रामदामको भनाइ छ ।

विगत सात वर्षदेखि माटो बिक्री गर्दै आएकी तिलमाया विकले माटो बिक्री गरेर नै महिनामा रु।चार हजारदेखि रु। पाँचहजारसम्म आम्दानी गर्ने गरेको र यसबाट नै आफ्ना छोराछोरीको पढाइ खर्च र घर व्यवहार टार्ने गरेको बताउनुभयो ।

रातोमाटोको लागि प्रसिद्ध मानिने यो स्थानका करिब २० घर परिवारले हाल आएर यो पेसालाई प्राथमिकता दिँदै आएका छन् । दैनिक माटो बिक्री गरेका कारण ढाडथरमा जताततै माटोका खाल्डा पाइने गरेको छ ।

यसरी नै माटो बिक्री गरिरहने हो भने सो स्थानका बासिन्दाको जीविकोपार्जन त हुन्छ तर केही वर्षमा यो स्थानमा रातोमाटो नै नपाइने संभावना बढ्दै गएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.