सुनसरी -इनरुवा, असोज २० गते । रातो तारा डट कम,
प्रहरीले भारतीय बजारबाट अवैधरुपमा ल्याइरहेको ठूलो परिमाणको कपडा बरामद गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी रु ३३ लाख मूल्य बरावरको कपडा सार्वजनिक गरेको हो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–४ कप्तानगञ्जबाट को १ ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउँदै गरेको ५२ पोका कपडा बुधबार नियन्त्रणमा लिएको थियो ।
बरामद गरेका कपडामा कुर्ता सुरुवाल एक हजार दुई सय तेत्तीस थान, पूजाको कपडा चार हजार ७२० मिटर, सर्टको कपडा ४८८ मिटर, सुति गमछा ९८ थानलगायतका कपडा रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।
लागुऔषधसहित चार पक्राउ :
सनसरीको विभिन्न स्थानबाट लागुऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेका छन् ।
घरमा लुकाइरहेको अवस्थामा ५१÷५१ थान डाइजोपाम र निपोएक्सीससहित धरान उपमहानगरपालिका–११ का सन्तोष कार्कीलाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
कार्कीसँगै दिपक लिम्बुलाई पनि डाइजोपाम र निपोएक्सीस ३९ थानसहित पक्राउ गरेको चिमरियाले जानकारी दिनुभयो ।
यसैगरी बर्जु गाउपालिकाको नहर चौकबाट देवानगन्ज नाका हँुदै विराटनगर जाँदै गरेको ना ४२ प ७२३५ नम्बरको मोटरसाइकलमा सवार गोविन्द शर्मा र अमितकुमार शर्मालाई बुधबार राति लागुऔषधसहित पक्राउ गरेको दुहबी इलाका प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Post a Comment