बिराटनगर कार्तिक ९ गते । रातो तारा डट कम,सुमेरु कला सरोकारले १० गते देखि कार्तिक १८ गते सम्म बिराटनगरको हाट खोला स्थित कुरुकुलमा घोडचढी नाटक प्रदर्शन गर्ने भएकोछ ।
खास गरी नाट्य कलाको माध्यमबाट कला साहित्य तथा संस्कृतिक संरक्षण गर्न जनचेतना मुलक नाटकको माध्यामबाट जागरण अभियान सुरु गरेकोछ ।
काठमाण्डौमा सफल प्रदर्शन पछि सुमेरु कला सरोकारले राजधानी बाहिर सुनसरीमा १०४ बिधालयहरुलाइ ५भागमा बिभाजन गरी ६६ बिधालयको प्रत्यक्ष सहभागितामा ३५९ बिधार्थीहरुलाई ३ दिन प्रशिक्षण गराईएको बताइएकोछ ।
सुमेरु कला सरोकारले तराइको चमारजातिको चम्खोलि वा घोडचढी नृत्य पी पीरि बाजा जस्ता पुराना कला सांस्कृतिक धरोहरहरु लोप हुन लागेकाले यिनको सरक्षण गर्न र तिनिहरुको उत्थानका लागि यो संस्थाले बिराटनगरको गुरुकुलमा पथन गर्नलागे कुरा सुमेरु कला सरोकार का अध्यक्ष सुवलमणि सापकोटाले जानकारी गराउनु भएको छ ।
आज बिराटनगरमा पत्रकार सम्मेलन गरि सुमेरुका अध्यक्ष सवलमणी सापकोटाले आफना भनाइहरु राख्दै, यो बिराटनगरमा प्रदर्शन हुने नाटक बिधार्थि युवा बुढापाका सबैका लागि उतिकै मनरन्जन कला र्सास्कृतिक परिवेशले भरिपुर्ण भएकोले सबै क्षेत्र वर्गले आएर हेरी दिन अनुरोध समेत गर्नु भएकोछ । नाटक कार्तिक १० गते दिनको ४।३० बजेबाट सुरु हुनेछ ।
Post a Comment