राजविराज,असोज २० गते । रातो तारा डट कम,
नेकपा (एमाले) सप्तरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको
छ ।
प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ बाट वर्तमान सांसद ताराकान्त चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउन सिफारिस गरिएको एमालेले जनाएको छ । चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । यस्तै क्षेत्र नं ३ बाटै प्रतिनिधिसभाका लागि तीन जनाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको छ । उहाँहरुमा रामप्रीत पासवान, जगदीश साह र इन्दुदेवी माझी हुनुहुुन्छ ।
त्यस्तै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ महेशप्रसाद चौधरीलाई सिफारिस गर्ने निर्णय भएकोको एमाले स्रोतबाट थाहा भएको छ । तीन जनाको नाम समानुपातिकमा पठाउनुपर्नेमा अन्यले पनि दाबी गरेपछि सहमति हुन नसकेका कारण ११ जनाको नाम पठाइएको एमाले सप्तरीले जनाएको छ । क्षेत्र नं २ का अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा बैठक बसेको थियो ।

Post a Comment